चैनपुर ताक्लाकोट सडक खण्डलाई प्राथमिकता दिँदै सरकारी कार्यालउको अर्धवार्षिक समिक्षा

ललित सिंह

माघ २१,२०८१
बझाङ । बझाङमा सरकारी कार्यालयहरुको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । । बझाङको उत्तर खण्ड चिनको तिब्त जोड्ने चैनपुर ताक्लाकोट सडकलाई छिटो छरितो निर्माण गरि त्रिदेशिय व्यापार बढाउन सहज हुने समिक्षा गरिएको छ । देशकै सबै भन्दा छोटो उत्तरी नाकाका रूपमा रहेकोले चैनपुर ताक्लाकोट उरै नाका बझाङ सदरमुकाम चैनपुर बाट १ सय १७ किलोमिटरको दुरीमा रहेको छ । जिल्ला प्रशासन कार्यालय बझाङको आयोजनामा सरकारी कार्यालय,१२ वटा स्थानीय तहको सेवा प्रवाहको अवस्था, हालसम्मको खर्च, योजना तथा कार्यक्रमको प्रगतिबारे जानकारी गराइएको थियो।
विभिन्न कार्यालयका प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रका गतिविधि, सेवा प्रवाहका उपलब्धि तथा चुनौतीबारे प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित पत्रकारहरूले सरकारी कार्यालयहरू प्रति आएका गुनासो बारे प्रश्न उठाएका थिए। प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गदै प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराइले काम गर्नेक्रममा सबैबाट जानी नजानी गल्ती हुने भएपनि सुधार गदै लैजानु पर्ने बताउनुभयो । सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिनु पर्ने अर्धवार्षिक समिक्षाको निकर्ष आएको छ ।

प्रतिक्रिया दिनुहोस