सिमकोट विमानस्थलबाट एक बर्षमा साढे १६ हजार बढिले गरे यात्रा

माघ १२,२०८१ शनिबार
हुम्ला । सन् २०२४ को एक बर्षमा सिमकोट विमानस्थल भएर १६हजार ९सय ७९ ले हवाई यात्रा गरेका छन् । यस अवधिमा एक दर्जन नीजि तथा सरकारी हवाई सेवा कम्पनीहरुले ४ हजार ४ सय ५४वटा आन्तरिक वायुसेवाले यात्रु बोकेका हुन् ।
जसमध्ये हवाई यातायात सेवाका लागि ४० करोड खर्च गरेको नागरिक उड्डयन कार्यालय सिमकोटका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले बताए । वर्षभरी ११ लाख २९ हजार ८ सय ७९ केजी सामान हवाई यातायातबाट आउनेजाने गरेको जानकारी नागरिक उड्डयन कार्यालय सिमकोटका कार्यालय प्रमुख सिंहले दिएका छन् ।
हुम्ला आउने,हुम्लाबाट बाहिर जाने यात्रु र सरसामानहरुको सालाखाला हिसाब गर्दा वर्षभरी ४० करोड रकम खर्च भएको देखिन्छ । हुम्लामा आउने विकासे बजेटको ८० प्रतिशतभन्दा धेरै रकम हवाई यातायात र ढुवानीमा नै जाने गरेको देखिन्छ ।
सन २०२४को जनवरी महिनामा सबभन्दा बढि ४सय ८९ हवाई उडान भरेका छन् भने सबै भन्दा कम नोभेम्बरमा ३४ वटा उडान मात्र विमास्थल तथ्याङ्कले देखाएको छ ।
हुम्लाको लागि हवाई यातायात सेवा प्रयोग गर्दा प्रति केजी १८० रुपैँया नेपालगन्जमा तिर्नु पर्छ भने गाडीबाट प्रति केजी २० रुपैँया ढुवानी लाग्ने गरेको छ । यो रकम दिन प्रति दिन घट्दै पनि गएको छ ।
पछिल्लो एक वर्षदेखि हुम्लालाई आंशिक रुपमा सडकको रेखाले छोएको छ । अझै पनि हुम्ला र हुम्लीहरु हवाई यातातात सेवामा नै निर्भर रहेका छन् ।
हवाई भाडाले आकाश छोयो, मर्कामा सर्वसाधारण
हवाई कम्पनीहरूले भाडा दर वृद्धि गरेसँगै आन्तरिक उडान गर्ने सर्वसाधार मारमा परेका छन् । दिनको २ सय विभिन्न कामको शिलसिलामा हवाई मार्ग हुँदै शहरमा जाने गरेका छन् ।
सिमकोट विमानस्थल धावनमार्ग विस्तारका भएपछि विदेशी धार्मिक तथा पर्यटक कमी आएपछि नेपालगन्ज तथा सुर्खेतबाट उडानमा कटौती गरेका छन् । हुम्लाको लागि प्यासेन्जर र सामान ढुवाना नपाएपछि जहाज कम उडाना कमी गरेका छन् ।
यसले आन्तरिक उडानमा कम गरेपछि, शहर तिर झर्ने मानिसहरु घुइच्चो लाग्ने गरेको र हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मारमा हुम्लाका सर्वधारण परेका हुन् ।
पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ। हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेकोले टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।
हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन्। हुम्ला सडक सञ्जालसँग जोडिए पछि तेति भरपर्दो सडक यातायात यात्रा नहुने भएपछि हवाई सेवामा भरपरेका छन् । सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेका छ । त्यसै गरि सिमकोटबाट नेपालगन्ज सम्म जहाज भाडा ९ हजार देखि १२ हजार तिर्नु परेको यात्रुहरु बताउनुन्छ । नेपाल वायुसेवा निगमको कम उडानका कारण यात्रु थप मारमा परेका छन्।
नेपालगञ्जबाट सिमकोटको लागि जहाजको टिकट ९ हजार देखि १५ हजार सम्मा भाडा रहेकोले बढी हुम्ली मारमा परेका छन्। सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान सङ्ख्या कटौती गरेका छन्। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ।