निमित्त बनेकाहको प्रमुख प्रशासकीय अधिकृतका जिम्मेवारी बाट हटायो, हुम्लाका ३ स्थानीय तह

फिल्को मिसन

सरकारले रद्द गर्यो देशभरका १३ स्थानीय तहमा आर्थिक र प्रशासनिक अधिकार लिएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

माघ १० २०८१, शनिबार
काठमाडौं ।सरकारले देशभरका विभिन्न स्थानीय तहमा आर्थिक र प्रशासनिक अधिकार लिएर निमित्त भइ कामकाज गरिरहेका निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बाट हटाएको छ ।
हुम्लाको ताँजकोट गाउँपालिका राजेन्द्र स्याँङ्कु,अदाचुली गाउँपालिका हंश महतारा र सिमकोट गाउँपालिकामा उजिर रोकाया निमित प्रमुख प्रशासकीय अधिकृत बनेकाहको जिम्मेवारी रद्द गरेको छ।
देशभरका १३ स्थानीय तहमा आर्थिक र प्रशासनिक अधिकार लिएर निमित्त बनेकाहको जिम्मेवारी बाट हटाएको छ ।मन्त्रीस्तरीय निर्णय बिहीबार बाट कार्यान्वयनमा ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जानकारी दिनुभयो । धनुषा, सप्तरी, सिरहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका नगरपालिका र गाउँपालिकामा झण्डै ८ महिनादेखि निमित्तकै भरमा कामकाज भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस