अखिल (क्रान्तिकारी)को निर्वाचन: उपाध्यक्ष पदमा पदम नेपालीको उम्मेदवारी

माघ ११,२०८१ शनिबार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षमा हुम्लाका पदम नेपालीले समावेशी दलित कलस्टरबाट उम्मेदवारी दिएका छन् ।
अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सचिवसमेत रहेका नेपाली हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । नेपालको इतिहासमा उथलपुथलकारी १० वर्षको जनयुद्धकालिन समय २०६१ सालमा नेपाली जन–मिलेसिया, जनकालाकार हुँदै माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।
संगठनको क्याम्पस अध्यक्ष हुँदै, केन्द्रीय सदस्या र केन्द्रीय सचिव चुनिएका नेपालीले २३औं राष्ट्रिय सम्मेलनमा समावेशी दलित कलस्टरबाट केन्द्रीय उपाध्यक्ष पदको लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।
वर्गीय निष्ठा,बैचारिक स्पष्टता र संगठनात्मक कौशलतामा अब्बल नेता नेपाली उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गर्दै सबै प्रतिनिधीहरुलाई भोट हालेर विजयी गराउन अपिल गरेका हुन ।