गाईबस्तुलाई जम्मा गरिएको घाँसमा आगलागी

फिल्को मिसन

माघ१०,२०८१ विहीबार
सिमकोट । गाईबस्तु लाई हिउँदको लागि सुकाई राखेको जम्मा गरिएको घाँसमा आगलागी भएको छ । हुम्लो दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ स्थित तल्लो कल्खेमा आगालागी हुँदा १६ वटा घाँसका खात जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ ।
पशुवस्तुलाई दिनका लागि जम्मा गरि राखिएको घाँसमा अचानक आगलागी हुँदा जलेर नष्ट भएको हो ।स्थानीयले हिँउदको समयमा पशुचौपाया खुवाउनका लागी गाउँ नजिकै घाँस भण्डारण गरिएको खातहरुमा आगालागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।
घाँसमा आगलागीमा स्थानीय कालि बहादुर महतारा, प्रदिप महतारा, बिक्रम महतारा र युवराज महताराको घाँसको खातमा आगालागी भएको काली बहादुर थापाले बताए । अनुकाअनुसार गाउँ भित्रै रहेका घाँसका खातहरुमा आगालागी भएपनि घाँस बाहेकको अन्य मानविय क्षती नभएको जानकारी गराउनु भयो । दिउँसो करिब १ बजेबाट लाग्न थालेको आगो साढे ३ बजे नियन्त्रणमा लिएको जनाएको हो ।
उक्त घाँसमा लागेको आगो स्थानीय र गल्फागाड प्रहरी चौकी श्रीनगरले नियन्त्रणमा लिएको बताएको छ । आगलागि भएको भने के कसरी लागेको भन्ने एकिन हुन नसकेको जिल्ला प्रहरी कायालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस