हुम्लामा बेरुजु चुलिँदै : स्थानीय तहमा १ अर्ब भन्दा बढि बेरुजु थपियो

अर्जुन बोहरा

मााघ १०,२०८१
हुम्ला । महालेखा परीक्षकको प्रतिवेदनअनुसार जिल्लाका सात वटा स्थानीय तहमा आर्थिक आ.व.२०८०/०८१ मा बेरुजु १ अर्ब १२ करोड ८२ लाख १० हजारभन्दा बढी बेरुजु देखाएको छ । महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेर बेरुजु देखाएको हो। रकमान्तर नगरी विनियोजित भन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, जनप्रतिनिधिले बैठक, भ्रमण भत्ताको नाममा दोहोरो सुविधा लिएको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिष्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको जस्ता कमजोरी प्रतिवेदन बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
                                                                                कुन स्थानीय तहमा कति बेरुजु

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु सर्केगाड गाउँपालिकाको देखिएको छ, भने सबैभन्दा कम नाम्खा गाउँपालिकाको रहेको छ।हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको बेरुजु ३२ करोड ४२ लाख २२ हजार रहेको छ । दोस्रोमा अदानचुली गाउँपालिका रहेको छ । यहाँ २३ करोड ६२ लाख ४ हजार रकम बेरूजु देखिएको छ । यसैगरी हुम्लाको चंखेली गाउँपालिकाको बेरुजु अवस्था तेस्रो स्थानमा रहेको छ । यसको बेरुजु २० करोड ८३ लाख १५ हजार रहेको छ । हुम्लाको दक्षिण रहेको ताँजाकोट गाउँपलिकाको बेरुजु १८ करोड ५५ लाख ९१ हजार रहेको छ । यस्तै गरी हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको बेरुजुको अवस्थामा पाँचौ स्थानमा रहेको छ । यसको बेरुजु ७ करोड ४३ लाख १२ हजार रहेको छ । यसैगरी खार्पुनाथ गाउँपालिकाको बेरुजु अवस्था छैटौंमा रहेको छ । यसको बेरुजु ६ करोड ३९ लाख ३३ हजार रहेको छ । त्यस्तै, नाम्खा गाउँपालिकाको बेरुजु अवस्था सातौंमा रहेको छ । यो गापाको बेरुजु ४ करोड ३९ लाख ३३ हजार रहेको छ ।

      मनपरी खर्च गर्छन गाउँपालिकाहरु

हुम्लाका अधिकाँस गाउँपालिकाले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गरेका छन्। गाउँपालिका जनप्रतिनिधिले र कर्मचारी मिलोमोतोमा आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनले जनाएको छ । हुम्लाका केहि गाउँपालिकाका उपाध्यक्षले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पालिकाबाट  रकम लिने गरेका छन् । आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत उपाध्यक्षलाई १ लाख भन्दा बढि रकम लिएको गाउँपालिकाको स्रोत खुल्न आएको छ ।

   कर्मचारीकै असझदारीका कारण बेरुजु बढि

हुम्लाका गाउँपालिकाकै कर्मचारी जनप्रतिनिधिसँग असझदारीका कारणले कर्मचारीले बिल भुक्तानी लगाएतका काम नगर्दा बेरुजु बढि देखिएको छ । एकातिर निर्वाचित जनप्रतिनिधीहरु र कर्मचारी विच सहमति नहुनुकै कारण बेरुजु निकालेको आंशका जनप्रतिनिधिले गुनोसो गरेका छन ।

गाउँपालिकाको सेवा प्रभावकारी भएन

हुम्लाका केहि गाउँपालिकाहरुको सेवा प्रभावकारी नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहवीचको सहकारीता,समन्वयलाई देखिदैन् । त्यसै गरि गाउँपालिकाहरु पारदर्शिता सुनिश्चित र गुणस्तरीय सेवा प्रदान गर्ने दार्यित्व स्थानीय तहमा भएतापनि दक्ष कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या कमजोरी भएको देखिन्छ । हुम्लाका अधिकाँस गाउँपालिका कार्यकारी अधिकृत लगायतका दक्ष कर्मचारी नपाउनु र पाएको दक्ष कर्मचारी राजनितिक दबाबमा जिल्लामा नजानुकै कारणले भयबहको बेरुजु आएको हो । गाउँपालिकामा जनप्रतिनिधिहरुले पाँच वर्षे कार्ययोजना बनाउन नसक्नु, गाँपालिकामा टुक्रे धेरै योजना बनाउनु,योजनाहरु कार्यान्वयन नगरी अन्य शीर्षकमा रकमान्तर गर्नु, वितरणमुखी कार्यक्रममा बढी खर्च गर्नु, दिगो योजना बनाउन नसक्नु लगायतका कारणसेवा प्रवाहमा समस्या रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । असुलउपर गर्नुपर्ने र संपरिक्षण गर्नु पर्ने देखाएकोे छ । पटकपटक गाउँपालिका लाई बेरुजु घटाउनका लागि नीतिगत रुपमा लिखीत गरेता पनि अहिले सम्म बेरुजु घटउन सकेको छैंन् ।

प्रतिक्रिया दिनुहोस