२४औं सशस्त्र प्रहरी दिवस: उत्कृष्ट कार्य काम गर्ने कार्यालय र प्रहरी अधिकारी पुरस्कृत

फिल्को मिसन

माघ ९, २०७८ बुधबार
अर्जुन बोहराहुम्ला । औं सशस्त्र प्रहरीले स्थापना दिवसमा अवसरमा वर्षभरीका उत्कृष्ट कार्य गर्ने कार्यालय र प्रहरी अधिकारीहरुलाई पुरस्कृत गरेको छ। सशस्त्र प्रहरी वल नेपाल नं. ४४गुल्म हे क्वाटर हुम्लाको सिमकोटमा जिल्लामा उत्कृष्ट कार्य काम गर्ने प्रहरी अधिकारी र लामो सयमा सशस्त्र प्रहरी वल सहयोग पुराउने लाई सम्मान तथा पुरस्कृत गरिएको हो ।


समानित हुनेहरुमा डिभिज वन कार्यालय हुम्लाका प्रमुख लोकजङ शाही र सिमकोट गाउँपालिका वडानं ५का वडाअध्यक्ष चिन रावत लाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट कार्य काम गर्ने प्रहरी अधिकार स.प्र.ह गिरी राज घर्ति,स.प्र.ह.अन्जान पल्ली मगर पुरस्कृत भएका छन्।
२५ औं सशस्त्र प्रहरीले स्थापना दिवसको अबसरमा केक काटेर उद्दघाट्न गर्नुहुँदैै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफ्नो कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई छैन, संगठनमा नीति छ, विधि,पद्धती , यसलाई सबैले मनन गरी प्रणाली र पद्धतीलाई आत्मसाथ गरी हामी सबै कर्तव्यपथमा लाग्नुपर्छ भन्ने भावना लिएर अगाडी बढ्न निर्देशन दिए ।


नेपाल सशस्त्र प्रहरी बलको स्थापना भएको छोटो समय चार वर्षपछि शान्तिको अवस्था स्थापना गर्नकोलागि अहम भूमिका रहेको कुरा शान्ति सुरक्षा र प्रतिबद्धता तीनवटा कुराहरुलाई आत्मसात गरिएको बताए । सुरक्षा मार्फत शान्ति प्रतिबद्धता गरिएकोले यो तीनवटा कुराहरूको आपसी सम्बन्ध रहेको पनि बताए। हुम्ला जिल्लाको उतरी चिनसंग जोडिएका सबैभन्दा लामो सीमा भएकोले सिमा सुरक्षा,राजश्व संकलनमा सहयोग र विपति परको अबस्थाका उद्धारमा मुख्य भुमिका रहेको बताए ।


समारोहमा सशस्त्र प्रहरी नायव उपरिक्षक देव राज राईले सशस्त्र प्रहरी स्मारकमा पुष्प चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्वास्थ्य लाभको कामना गर्नुभयो ।


उनले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रमहरु संचालन गर्दै आईरहेको र हुम्लाका उतरी चिनसंग जोडिएका सीमामा स्थानीय सर्वसाधारणहरुलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी बनाएको बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी पाण्डे, जिल्ला प्रहरीकार्यालयका प्रमुख,नेपाली सेना,ससस्त्र प्रहरी बल प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग हुम्लाका प्रमुख, बिभिन्न राजनिति दलका प्रमुख, पत्रकार, उद्योग बाणिज्य संघ हुम्लाका प्रतिनिधि, जनप्रतिनिधि, यातायात व्यावसायी, नागरिक समाजका अगुवाहरु, प्रहरी परिवारका सदस्यहरु लगायतको उपस्थिती रहेको जिल्ला प्रहरी सशस्त्र प्रहरी वलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस