ट्याक्टर दुर्घटना अपडेट:एकको मृत्यु, चार घाइतेलाई हेलिकोप्टरबाट उद्धार

माघ ६,२०८१
हुम्ला । हुम्लाको चंखेली गााउँपालिका–१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । ट्याक्कटर चालकलाई सामान्य चोटलागेकाले उनी अहिले प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ । नुन बोकेर बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु ४ त ७७२० नम्बरको ट्याक्टर आईतबार बिहानसाढे दश बजे बोहोराबाडा गाउँ नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर सोही गाउँका अन्दाजी ३५ वर्षीया तुल्या बोहराको मृत्यु भएको छ । भने चंखेली गाउँपालिका–१ का ४० बर्षिया मानबहादुर बोहरा, सोही वडाका ४५ वर्षीय धना बोहरा, १० वर्षीया चरी बोहरा र ट्याक्टर चालक मुगुका हिरा सिंह बडुवाल घाइते भएका हुन ।
ट्याक्टर चालक बाहेक अन्य तीन जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्वार गरिएको छ । दुर्घटना भएको ४ घण्टापछि घाइतेलाई उपचारका लागि प्रदेशिक अस्पताल सुर्खेतमा लगिएका छ। घाइतेको प्रदेशिक अस्पताल सुर्खेतमा उपचार भईरहको छ ।