दुर्गमको नियति : बाटोमै बच्चा जन्माइन भण्डारीले

फिल्को मिसन

माघ ६,२०८१ आइतबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँनिवासी २७ वर्षिय भन भण्डारीले बिचबाटोमै बच्चा जन्माउनु भएको छ ।
भण्डारीलई आइतबार बहानैदेखि सुत्केरी व्यथाले च्याप्योको थियो । नजिक ठेहे स्वास्थ्य संस्था सुत्केरी गराउन नसकेपछि जिल्ला अस्पातल सिमकोटमा रिफर गएिको थियो । जिल्ला अस्पतालमा नपुगदै विच बाटोमै बच्चा जन्माइन् ।
दुर्गम जिल्ला हुम्ला सहित कर्णालीका अधिकांस दुर्गम गाउँबस्तीहरुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह नहुनु र दुर्गमको नियति महिलाहरुले विच बाटमै बच्चा जन्माउन बाध्य छन् ।भण्डारीको नियमीत रगत बगिरहेको,प्रेसर पनि कम भएकाले र उपचार गर्ने उपकरण नभएकाले स्वास्थ्यचौकी ठेहेले जिल्ला अस्पतालमा लैजान भनेको थियो ।
ठेहे गाउँबाट जिल्ला अस्पताल सम्म पुग्न पैदलबाट तीन घण्टा लाग्ने गर्छ । विहीबार परेको हिमपातले सिमकोट गाउँपालिका–३ को मन्की खोलामा बरफ जमेपछि ठेहे जाने सवारी साधन बन्द थियो ।
कारण गाडी जान नसक्ने भएपछि स्टेचरमा बोकेर विरामी सुत्केरी भण्डारी ल्याइएको थियो । गाडी जाने अबस्थामा नएको छिटो उपचारका लागि स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्स समेत सिमकोट गाउँपालिका–४ को हेल्दुम खोलासम्म गएको थियो ।तर सुत्केरी भण्डारीले सिमकोट गाउँपालिका–३ बरगाउँको चुकेडी भन्ने स्थानमा बाटोमै भण्डारीले छोरीलाई जन्म दिएको आफन्त कृष्ण बोहरा बताए । अहिले सुत्केरी आमा र शिशु दुवैको अवस्था राम्रो भएकोले घरफिर्ता लगिएको पनि बताउनु भयो

प्रतिक्रिया दिनुहोस