हुम्लामा जटिल गर्भवती महिलाको सफल शल्यक्रिया

फिल्को मिसन

माघ ५,२०८१ शनिबार
हुम्ला । हुम्लाको सदरमुकामा सिमकोटमा रहेको जिल्ला अस्पतालमा जटिल प्रकृतिको गर्भवती महिलाको चिकित्सकले सहजै सल्यक्रिया सफल गरेका छन् । सिमकोट गाउँपालिका २ ठेहे गाउँ कि २२ वर्षकी आशा परियारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको थियो । टाउको पेटमै खुट्टा अगाडि निस्केपछि थियो ।
हुम्लामा स्रोत र साधन अभावनमा जटिल सुत्केरीको सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पतालका डाक्टर हेमबिक्रम शाहीले बताए ।
यस्तो जटिल केशमा सुविधा सम्मपन्न अस्पातलमा एनआइसियु आवश्यक हुन्छ, तर यहाँ अफ्ठ्यारो परिस्थितीमा सफल अप्रेसन गरेको डाक्टर शाहले वताए ।
आर्थिक रूपमा कमजोर भएकी परियारलाई ब्लडको समस्या थियो । पुस २९ गते अस्पतालमा भर्ना भएको थिए यतै शल्यक्रिया भयो परियारले बताइन् । परियारले जुम्ल्याहा २ छोरी जन्माएकी छन् । जिल्लामा विशेषज्ञ डाक्टर र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता थियो ।
नागरिकलाई सहज उपचार सेवामा जोड्न आकस्मीक प्रसुती सेवा सँगै बिशेषज्ञ सेवा सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस