रैथाने बाली खरिद गर्न व्यापार कम्पनी विच सम्झौता

रैथाने बाली खरिदबिक्रीका लागि हुम्लाका तिन गाउँपालिका खाद्य व्यवस्था कम्पनीसँग सम्झौता
पुस २६, २०८१ शुक्रबार
काठमाडौं । हिमाली जिल्ला हुम्लामा उत्पादीत रैथाने बाली खरिदका लागि तिन वटा गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी विच विहिबार सम्झौता भएको छ ।
हुम्लाा अग्रानिक रैथाने बालीको उपादन वृद्धि र खाद्य सुरक्षामा योगदान पुर्याउनका लागि सिमकोट, सर्केगाड र ताँजकोट गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रधान कार्यालय काठमाण्डौँसँग सम्झौता गरेको हो ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) का अनुसार जनतालाई सहज सुलभ र नियमीत रुपमा खाद्यान्न खाद्यान्न उपलब्ध गराउन, नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना, खाद्यान्नको मौज्जात व्यवस्थापन, ढुवानी, विक्री तथा बजारीकरण प्रभावकारी बनाउन सहकार्य गर्ने, स्थानीय स्तरमा उत्पादन हुने वालीहरुको संकलन, बजारीकरण विक्रीको सुनिश्चितताका लागि सहकार्य तथा बजारीकरण गर्ने सम्झौताको उद्देश्य रहेको बताए ।
कम्पनीले हुम्लामा उत्पादित चिनो, कागुनो, भटमास, कोदो, फापर, मार्सी चामल लगायतका अर्गानिक खाद्यान्न बाली बजारीकरण गर्ने भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
कम्पनीले सिमकोट गाउँपालिकासँग रैथाने बाली बजारीकणका लागि सम्झौता गरेको दुई वर्षको समयावधि सकिएको छ । जिल्लाका तीनवटा गाउँपालिकासँग कम्पनीले यो पटक पाँच वर्षका लागि सम्झौता गरेको छ ।
खाद्यान्नको गुणस्तर, मूल्य निर्धारण र ढुवानी मापदण्ड कम्पनीको नियम अनुसार हुने भएको छ । भने बिक्री कक्षको सञ्चालन समय स्थानीय आवश्यकता अनुसार निर्धारण हुने भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
व्यापार कम्पनीसँ जिल्लामा उत्पादित रैथाने बाली विकास तथा प्रवद्धर्नका लागि खरिद, विक्री सम्झौतामा सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी, ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी, सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले हस्ताक्षर गर्नुभएको छ ।
शाखाले यसअघि सिमकोट गाउँपालिकासँग चार किसिमका रैथाने बाली खरिदका लागि सम्झौता गरेको थियो।