निःशुल्क आँखा शिविरमा : हुम्लामा ५ सय ४३ चेकजाच,४० जनाको शल्यक्रिया

असोज ३, २०८१
हुम्ला । हुम्लाको सिमकोमा भएको निःशुल्क आँखा शिविरमा ४० जनाको आँखाको शल्यक्रिया गरिएको छ । असोज १ देखि ३ गतेसम्म भएको शिविरमा ४० जनाको मोतिविन्दुको शल्यक्रिया र ५सय ४३ जनाको सामान्य चेकजाँज गरिएको हो । शिविरमा ५ सय ८३ जनाले आँखाको उपचार गराएको हिमाललय आँखा अस्पातल पोखराका स्वाथ्यकर्मि सुवास नेपालले बताए। उनका अनुसार शिविरको तेश्रो दिन ५ जनाको आँखा शल्यक्रिया गरिएको छ भने ४० जनाको आँखा जाँच गरिएको जानकारी दिनु भयो ।
आँखा उपचार केन्द्र हुम्लामा प्रमुख बुम बोहराका अनुसार उक्त शिविरमा ५सय ८३ जनाको आँखा निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो। सो शिविरबाट ४० जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको छ। आँखामा सामान्य समस्या भएका ५सय ८३ जना बिरामीहरूलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो।
मोतियाविन्दुको शल्यक्रियामा डा अन्जु गुरुङ, गोविन्द नाथ योगी,सुवास नेपाल,ज्योत गरी,चेत कुमारी थापा,सन्तोष बराल र सुभिक्ष्या श्रेष्ठ लगायतको टोलि सहभागि थिए ।
देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ। शिविरमा रतन्धो, मोतिया विन्दु, फुला परेको तथा आँखामा मासु पलाएको जस्ता विभिन्न किसिमका बिरामीको उपचार गरिएको छ।
नेपला रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्ला,नेपाल नेत्रज्योति संघ हुम्ला, र जिल्ला आँखा उपचार केन्द्र हुम्ला,द्वारा आयोजनामा र आइ केअर फाउन्डेशन नेपाल र हिमाललय आँखा अस्पातल पोखराको आर्थिक तथा प्राविधिक सहयागोमा हुम्लामा निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । उक्त आँखा उपचार टोली हुम्ला पछि मुगु जिल्लामा पनि निशुल्क आँखा उपचार शिविर संचालन गर्ने भएको छ ।