संविधान दिवसको अवसरमा विरामीलाई सरफाईका सामग्री सहयोग

ओबराज शाही

असोज ३, २०८१
हुम्ला । संविधान दिवसको अवसरमा जिल्ला अस्पतालमा रहेका विरामी लाई सरसफाइका सामाग्री वितरण गरिएको छ ।
सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालय संविधान दिवस अवसरमा जिल्ला अस्पतालका विरामीलाई उपभोग्य सामाग्री हस्तान्तरण गरेको छ।


अस्पतालमा रहेका उपचाररत प्रति विरामीलाई टावेल, नङकट, मञ्जन बरस, नुहाउने र लुगा धुने साबुनका साथै विरामीलाई आधा किलो हलिक्स समेत सहयोग गरिएको सिमकोट जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत रहेका ११ जना विरामीलाई विभिन्न सामग्री सहयोग गरिएको बताइएको छ ।


त्यस्तै बिरामीलाई फुर्तिलो बनाउन एक बट्टा हर्लिक्स , दात माच्ने बुरु तुतपेस्ट र निर्लकटर वितरण गरिएको हो । दिवसको अवसर पारेर जिल्लामा अनावश्यक कार्यक्रम गर्नु भन्दा अस्पतालको बेटमा भर्ना भएका बिरामीलाई सरसफाइका सामाग्री वितरण गर्दा सरसफाइमा ध्यान दिने हुदा यो कार्यक्रम थालनी गरेको सिमकोट गाउँपालिका अध्यक्ष बिजय भन्डारीले बताए ।


बुधबार भदौ २ गते जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकको निर्णयले सरसफाइका सामाग्री बिरामीलाई वितरण गर्ने भनेर पारित गरे लगत्तै भदौ ३ गते बिहिवार बिहान ८ बजे सो सामाग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पौख्रेलले बताए।


सरसफाइका सामाग्रीको आर्थिक सहयोग जिल्लामा भएको सामाजिक बिकास कार्यलय र सिमकोट गाउँपालिकाले गरेका छन् । सानो भएपनि बिरामीलाई राहत हुने विस्वासले सरसफाइका सामाग्री वितरण गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला रोकायाले बताइन् । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख प्रेम बहादुर सिंहले बिरामीको संख्या भने बोमोजिम बेड भर्ना भएका सबै बिरामीलाई सामाग्री वितरण गरेको समाजिक बिकास कार्यलयका प्रमुख हर्क बहादुर बस्नेतले बताए ।


संविधान दिवसको असवरमा उक्त सामग्री सहयोग वितरणमा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सन्जय), सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), उपध्यक्ष सुशिला रोकाया (भाम), प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, सामाजिक विकास कार्यालयका प्रमुख हर्क बहादुर बस्नेत, स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंह लगायतको उपस्थित रहेको थियो । सहयोग सामग्री पाएका उपचाररत विरामीले सहयोगी प्रति धन्वाद समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस