दुई हप्ता देखि याङगारबासीका खानेपानीबाट वञ्चित

भाद्रा ९,२०८१
नाम्खा । हुम्लाको नाम्खा गाउँपालिका–४याङगारका स्थानीयले खानेपानी उपभोगबाट आपूmहरू वञ्चित भएको गुनासो गरेका छन् । याङगारका ३२ घरधुरी दुई सातादेखि खानेपानीबाट वञ्चित स्थानीय छोमु तामाङले गुनासो गरिन् ।
घरमाथिबाट गएको कर्णाली करिडोर याल्वाङ सडक खण्डको सडकलाई निर्माण गर्नेक्रममा पाइप लाइनमा क्षेति पुगेपछि दुई सातादेखि त्यहाँ स्थानीयबासिन्दा खानेपानीबाट वञ्चित भएका हुन् ।
सिमकोट हिल्सा सडक खण्ड अन्तरगतको बाटो निर्माण गर्ने क्रममा साउन २५ गतेदेखि खाने पानीको पाइपलाइन क्षेत पराएको छ।
स्थानीय तामाङका अनुसार सडक निर्माण गर्दा खानेपानीको पाइपलाइनलाई ढुङ्गा माटोले पुरेपछि खानेपानीको समस्या आएको बताईन् ।