हुम्ला अस्पतालद्वारा एक वर्षमा १५ हजार विरामी लाई सेवा

साउन २०,२०८१, आइतबार
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालले एक वर्षको अवधिमा करिब १५हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०÷८१ को अवधिमा १५ हजार ६ सय ६० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको बताएको छ ।
अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका निमित प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो । जिल्ला अस्पतालहुम्लाको रिर्पोट अनुसार ओ.पि.डी सेवामा १३ हजार ७ सय ६१ जनाको चेकजाँच भएको बताएको छ । ईमर्जेन्सी सेवामा १ हजार, १ सय ९२, अन्तरङ्ग सेवा (बिरामी भर्ना) ९ सय ९९, खोप सेवा ६ सय ८७, पोषण सेवा १ हजार ४ सय ७०, शिघ्र कडा कुपोषणको व्यवस्थापन १९, प्रसुती सेवा (सामान्य) १ सय १९, प्रसुती सेवा (औजार बाट) १४, प्रसुती सेवा (अप्रेशन विधिबाट) १५ जनालाई सेवा उपलब्ध गराएको देखाएको छ ।
यस्तै सुरक्षित गर्भपतन सेवा १ सय २१, पुरुष बन्ध्याकरण १२, परिवार नियोजन सेवा (नयाँ प्रयोगकर्ता) द२ सय ४०, पाठेघरको क्यान्सर ४, पाठेघर खस्ने समस्याको व्यवस्थापन ३३, प्रेषण भई आएका ८१, प्रेषण भई जिल्ला बाहिर रिफर गरिएका ३ सय ११ जना रहेको बताएको छ ।
त्यसैगरी प्रयोगशाला सेवा ६ हजार ३ सय, भि.डि.यो एक्सरे सेवा २ हजार ३ सय २०, एक्सरे सेवा २ हजार १ सय ४०, ई.सि.जि सेवा २ सय ७९, नसर्ने रोग व्यवस्थापन ५ सय ४७, मानसिक रोग व्यवस्थापन ५९ र पाँच वर्ष मुनिका बालबालिकाको समस्याहरुको एकिकृत ५ सय ९६ जनाले सेवा लिएको जिल्ला अस्पताल हुम्लाका मेडिकल रेकर्ड सुपरभाईजर दुर्गा बहादुर श्रेष्ठले बताउनुु भयो । यी २४ प्रकारका रोगका १४ हजार ३ सय, ६० जनाको जिल्ला अस्पतालले सेवा दिएको बताउनुभयो ।
यसैगरी जिल्ला अस्पतालमै रहेको सामाजिक सुरक्षा कोषबाट १ हजार २सय ६० जनाको निःशुल्क उपचार गरिएको सामाजिक सुरक्षा इकाईका फोकल पर्शन उजिर बोहराले बताउनुभयो । फोकल पर्शन बोहराका अनुसार, लैङ्गिक हिंसा पिडित (ओ.सि.एम.सि) १७ जना, सामाजिक सुरक्षा कोषबाट पूर्ण छुट भएका एकहजार दुई र सामाजिक सुरक्षा कोषबाट आंशिक छुट भएका २ सय, ४१ जनाको निःशुल्क उपचार गरिएको बताउनुभयो ।