हुम्ला अस्पतालमै शल्याक्रियासहित सेवा

फिल्को मिसन

                                सुत्केरी गराउन जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्दै

साउन २०,२०८१ आइतबार
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा जिल्ला अस्पतालले जिल्लामै शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेको छ। अस्पतालले प्रसूति तथा स्त्रीरोग दक्ष्य स्वास्थ्यकर्मीले महिलाको सफल अप्रेशन गरेको छन् ।
जिल्लाका विकट ठाउँबाट पनि सुत्केरी गराउन आउनेको संख्या बढेपछि जिल्लामै जटिल अवस्था भएका सुत्केरी महिलाको सफल शल्याक्रिया भएको छ ।
सुत्केरी गराउनकै लागि अहिले नेपालगन्ज, काठमाडौं, सुर्खेत लगायत बाहिरका अस्पताल जानुपर्ने बाध्यता हट्ने भएको छ ।
आ.व २०८०/०८१ सालमा मात्रै जटिल अवस्थाका ११ वटा गर्भवतीको सफल शल्याक्रिया गरिएको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर कैलाश लामाले बताए । आइसियूमा राख्नुपर्ने अवस्थामा मात्रै सुत्केरीको हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको डा. लामाले जानकारी दिए ।
‘पेटमा उल्टो बच्चा भएको, बच्चा खेल्ने पानी सुकेका, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि हुन नसकेकालगायत जटिल प्रकारका शल्याक्रिया पनि सफल रुपमा गरेका छौं,’ डाक्टर लामाले बताए ।
ग्रामीण भेगका महिलामा चेतना बढ्दै गएकाले सुरक्षित सुत्केरी गराउन अस्पताल आउने संख्या बढ्न थालेको सिनिअर अनिमी सरिता बोहराले बताइन्। आर्थिक वर्षमा मात्रै ३८ जनाभन्दा बढीको सुरक्षित सुत्केरी, ११ जनाको शल्यक्रियाबाट सुत्केरी गराइएको र १सय ४८ जनाको सामान्य चेकजाँज गरिएको सिनिअर अनिमि बोहराले बताउनुभयो
कतिपय महिला नियमित स्वास्थ्य चेक जाँचबिनै एकै पटक सुत्केरी गराउन अस्पताल आउने गरेकाले कहिलेकाहीँ समस्या हुने बोहराले बताए। अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा तत्काल शल्याक्रिया गर्नुपर्ने अवस्थामा मान्छे खोजेर रगत दिन लगाउनुपर्ने अवस्था भने रहको डाक्टरहरुले समस्या रहेको बताए । विशेषज्ञ डाक्टर हुम्लामै भएका कारण जिल्ला बाहिर लिुन पर्ने केश पनि अस्पतालले सहज रुपमा समाधान गरेको जानकारी प्राप्त भएको छ ।
विगतका बर्षमा एउटा मात्र डाँक्टर पनि नहुनेमा अहिले भने डाक्टर कैलाश लामा , रोशन रावत, हिम विक्रम शाही, खरास्थी प्रजापति लगायतका सहितका स्वास्थ्यकर्मी रहेको प्रमुख सिंहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस