हिंपतामै कक्षा ८ लाई दिए मौका परीक्षा

मन्दिर सिंह

फागुन ९,२०८०
हुम्ला । शैक्षिक शत्र २०८० मा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीले पुनः मौका परीक्षा दिएका छन् । सिमकोट गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बाट यसै शैक्षिक सत्रमा कक्षा ८ को परीक्षा दिएका तर सोचेअनुसारका ग्रेड नल्याएका विद्यार्थीले मौका परीक्षा बुधबार बाट शुरु गरेका छन् ।


सिमकोट गाउँपालिका अन्तर्गत विद्यालयहरुका विद्यार्थीहरु अन्तिम नतिजामा कम ग्रेड ल्याएका तथा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीका लागि मौका परीक्षा दिएको सिमकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायब सुब्वा कृष्णप्रसाद आचार्यले बताए ।
जम्मा प्राप्तांक वा कुनै पनि विषयमा दुई विषय फेल भएका तथा ‘सी’ भन्दा कम ग्रेड ल्याएका विद्यार्थीले परीक्षामार्फत ग्रेड वृद्धि गर्नेगरी मौका परीक्षा गराउने निर्णय अनुसार भएको नायब सुब्वा आचार्यले बताए । शिक्षाको गुणस्तर सुधारका लागि कक्षा ८ बाट नयाँ सुरुवात गरिएको शिक्षा शाखाले जनाएको छ ।

राम्रो गर्ने विद्यार्थीको हौसलाका लागि कक्षा ८ मा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान गर्ने, कक्षा ८ मा निराशाजनक नतिजा ल्याउने विद्यालयको पहिचान गरी सुधारको कार्ययोजना बनाइने तथा कक्षा ८ को अन्तिम नतिजामा सी ग्रेड ल्याएकालाई मात्रै कक्षा ९ मा भर्ना गर्न दिने तयारी गरेको छ । पढाइमा गुणस्तर ल्याउन राष्ट्रिय मापदण्ड भन्दा बढाएर मात्रै कक्षा ९ मा भर्ना गरिने शिक्षा शाँखा सुब्बा आचार्यले बताए ।

परीक्षा पुर्ब निर्धारित भएको कारण यही बेला हिमपात भएको कारण चिसो बढे पनि विद्यार्थीहरुले परीक्षा दिनै परेको हो। तापक्रम माइनस १३ डिग्री सेल्सियसमा मौका परीक्षा दिदा विद्यार्थी लाई सास्ती खेप्नुपरेको छ ।
चिसोका कारण हात कमाउँदै परीक्षा दिनुपरेको मानसरवर मावि परिक्षार्थी एलिना बोहराले बताईन् । आफुलाई खुलेर मनमा आएको विषय लेख्न नसकेको दुःख व्यक्त गरिन् ।
बाहिर बाक्लो हिमपात र चिसो अत्यधिक बढेको छ । सिमकोटमा रहेको मानसरोवर माविमा परिक्षा केन्द्र सञ्चालन भइरहेको छ। आचार्यले माइनस तापक्रममा परीक्षा दिनुपर्दा विद्यार्थीले समस्या भोगेको भन्दै परीक्षा भने दिनै पर्ने बाध्यता रहेको बताए।

सिमकोट गाउँपालिकामा १० वटा विद्यालयका परीक्षाका लागि कुल ७१ जना विद्यार्थीले परीक्षा फर्म भरेकोमा १ जना भने अनुपस्थि गरि ७० जनाले पुरक परिक्षा दिएका छन् । परीक्षाको पहिलो दिन अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली विषयको परीक्षा सञ्चालन भएको थियो। परीक्षा भोलि पनि सञ्चालन हुनेछ । पुरक परीक्षामा रामदेवमावि ठेहे, रलिङ मावि बरगाउँ, सिद्धार्थ आधारभूत बुराउसे,मानसरोवर मावि,बालमन्दिर मावि,कान्ति आधारभूत, कैलाश मावि, कर्णाली मावि, सैपाल मावि, र संस्थागत विद्यालय कैलाश बोद्यि स्कुल, सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीले परिक्षा दिएका छन् । परीक्षाको नतिजा निकै खस्कँदो आएकाले शाखाले नियमानुसार पहिलो पटक पूरक परीक्षा सञ्चालन गरेको हो।

 

प्रतिक्रिया दिनुहोस