आमा गुमाएकी १९ दिने नवजात शिशुको उद्धार

माघ ३,२०८०
हुम्ला । हुम्ला जिल्ला ताँजकोट गाउँपालिका–५डोप्का गाउँबाट जन्मेको १९ दिनपछि आमा गुमाएकी नवजात शिशुको उद्धार गरेको छ ।
गएको तिन हप्ता अघि २३ वर्षीया आमा अंशु बुढाको बाजुरास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सुत्केरी बुढाको मृत्युपछि जन्मेको शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न उनलाई प्रदेश अस्पताल सुर्खेतमा पुराएको ताजाँकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । तिन हप्ता पछि गाउँपालिका अध्यक्ष जैशी र पुर्व कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको पहलमा मंगलबार कोपिला भ्याली सेवा समाजका उपाध्यक्ष गोगन बहादुर मल्ल मार्फत बालगृहमा बुझाएको ताजाँकोटका माओवादी केन्दका इन्चार्ज गोपाल बुढाले बताए । शिशुको पालनपोषणदेखि शिक्षादीक्षाको व्यवस्थापनका लागि सुर्खेत बालगृहले जिम्मा लिएको छ ।