ताँजकोटका दुर्गम गाउँमा ‘फोरजी’ सेवा सञ्चालन
पुस १७, २०८० मंगलबार
हुम्ला । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका ताँजको गाउँपालिका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ । मंगलबारदेखि ताँजकोट गाउँपालिकाका लगायतका बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन् ।
गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । इन्टरनेट सेवा नहुँदा गाउँपालिकाका नागरिकलाई निकै समस्या बनाएको थियो । अध्यक्ष जैसीले भने, “फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदान प्रदानको कामसमेत सहज हुने भएको बताए ।”
गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे ताँजकोबासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर थाहा पाउने छन् । ताँजकोटका ५वटै वडा कार्यालयमा फोरजीसहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको पनि बताए ।
जनताका कामहरु लाई छिटोछरितो सेवा प्रवाह गर्न सहज हुने भएकाले ताँजकोट गाउँपालिका इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइनबाट सजिलो भएको उनको भनाइ छ ।
यसअघि ताँजकोट क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने समस्या बाट छुट्कार मिलेको छ । ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी निर्वाचित भएलगतै एक बर्ष पछि उनको पहलमा ताँजकोट गाउँगाउँमा फोरजी सेवा विस्तार भएको ताँजकोट गाउँपालिकाका निमीत प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङकुले बताए । टावरमा सोलार पावर जडान गरेकाले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्या अन्त्य भएको छ ।