उत्कृष्ट काम गर्ने स्वास्थ्य स्वयमसेविका पुरस्कृत

फिल्को मिसन

मंसिर १९,२०८०
हुम्ला । उत्कृष्ट कार्य गर्ने महिला सामुदायीक स्वास्थ्य स्वयमसेवीकाहरुलाई सिमकोट गाउँपालिकाले पुरस्कृत गरेको छ । २० औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा आज ५ जना स्वयमसेवीकाहरुलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । पालिका भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्दै आएका स्वयमसेवीकाहरुलाई सम्मान संगै पुरस्कार प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताउनुभयो ।
दिवसको अवसरमा आज पाँच जनाललाई जनही ३÷३ हजार रुपैयाँ सहित टसी खादा लगाएर र प्रमाणपत्रबाट उनीहरुलाई सम्मान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो ।


पुरस्कृत हुने स्वास्थ्य स्वयमसेवीका ठेहे स्वास्थ्यचौबाट ललिता लामा, छिरिङ लामा बरगाउँ स्वास्थ्यचौकी, सरस्वती रावत सिमकोट, रिता शाही डाडाफया स्वास्थ्यचौकी र स्याडा स्वास्थ्यचौकीका महिला स्वयमसेवीका रहेको प्रमुख भण्डारीले बताए ।
आजको दिन महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र मनोबल उच्च राख्ने उद्देश्यका साथ हुम्लाका सातै वटा गाउँपालिकामा विभिन्न कार्यक्रम मनाएका छन् ।
नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भूमिका रहेको बोल्ने व्यक्ताहरुले बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएपनि कतिपय अवस्थामा स्वयंसेवकका रूपमा खटाउने गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस