उद्योग वाणिज्य संघ हुम्लाको अध्यक्षमा भण्डारी निर्विरोध

फिल्को मिसन

मंसिर १५,२०८० शुक्रबार
हुम्ला। नेपाल उद्योग वाणिज्य संघ हुम्लाको अध्यक्षय पदमा राम बहादुर भण्डारीको सर्वसम्मत रुपमा चयन भएका छन्।
शुक्रबार उद्योग वाणिज्य संघ हुम्लाको निर्वाचनका लागि भण्डारीको सहमति द्धारा एकल उम्मेदवारी परेको हो ।
उद्योग वाणिज्य संघ हुम्लाको २४औँ अधिवेशनले अध्यक्ष भण्डारीकोे नेतृत्वको कार्य समिति र्निविरोध निर्वाचित गरेको छ । उद्योग वाणिज्य संघ हुम्लाको साधारण सभा तथा अधिवेशनले भण्डारी लाई र्निविरोध निर्वाचित गरेको हो ।
प्रथम उपाध्यक्ष प्रकाशन रावत, द्वितीय उपाध्यक्ष छक्क बाहदुर रोकाया, सचिव कैलाश रोकाया, सह सचिव सरोज रावत, कोषाध्यक्ष टेकबहादुर रोकायालाई निर्वाचित सभाले निर्विरोध चयन गरेको हो।
त्यसैगरी सदस्यमा लोकेन्द्र रावत, नरेन्द्र शाही, सूर्य रावत, रामजन रावत, तीर्थ बुढा, गीता लामा र जीवन रावल चयन भएका छन्। संघको बन्दसत्रबाट नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । यसअघि सभाको उद्घाटन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस