घरको छतबाट लडेर गम्भिर घाईते महिलाको हेलीकोप्टरद्धार उद्धार

भक्त राज ऐडी

मंसिर८,२०८०
सिमकोट । घरको छत बाट तल्लो तलामा झर्नेेक्रममा खसेकी गम्भिर घाईते महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
उद्धार गरिने खार्पुनाथ गाउँपालिका–४की३५ बर्षिया बिमा शाही लाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावले बताए ।


शुक्रबार विहान आफ्नै घरको छतबाट लडेर गम्भिर घाइते शाही लाई एम्बुलेन्सले जिल्ला अस्पातलको ल्याएको र जिल्लामा भन्दै जिल्ला बाहिर रिफर गरेको थियो । घाइते शाहीको टाउको, छाती र दाँतसमेत झरेका छन्। उनको अवस्था निकै चिन्ताजनक छ।
जिल्ला अस्पातलमा उपचार सम्भव नभएपछि बराह दल गुल्मका गुल्मपति दिनेश खड्काको विशेष पहलमा सेनाको हेलिकोप्टर मार्फत घाईतेको उद्धार भएको घाईतेका श्रीमान दीप शाहीले बताए । घाईतको अहिले प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भैरहेको छ । हेलीकोप्टको लागत गाँउपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष रावले बताए ।
दुर्गम कारण सुविधा सम्पन्न अस्पताल नभएकोले धेरै जस्तो स्थानीयले अकालमा ज्यान गुमाउनु परेको स्थानीय बासिन्दा अध्यक्ष रावलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस