खेल मैदान नहुँदा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट सडकमा

असोज २४,२०८०
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालय खेल मैदान नहुँदा विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सडकमा गर्न बाध्य भएको छ ।
खार्पुनाथ गाउँपालिकाका अधिकाँस विद्यालयमा रहे माविमा खेल मैदान नहुँदा विद्यार्थीलाई गाउँपालिका कार्यलय नजिकै रहेको सडकमा कर्णाली करिडोर अन्र्तगत याक्चु–बोक्चेगौडा सडक खण्डमा विभिन्न खेलहरु खेलाएर विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता गर्न बाध्य भएका बताए ।विद्यालमा खेलमैदान नभएकाकारणले विद्यार्थीहरुलाई सडकमा लगेर विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शुरु गर्नुपरेको छ । ‘विद्यालयमा खेल मैदान गाउँपालिका स्तरीय नभएकोले सडकमा विद्यार्थीहरुलाई खेलाएर छनोट गर्नु परेको आयोजक समितिको भनाई छ ।
पटक स्थानीय सरकार,प्रदेश र केन्द्र सरकारलाई खेलमैदान निमार्णका लागि माग गरेको भएपनि कसैले चासो देखिाएको देखिदैन् । खार्पुनाथ गाउँपालिका एक देखि ५ वडा सम्म रहेका विद्यालयहरुमा खेल मैदान नहुँदा खेलकुदको विकासमा अवरोध पुगेको छ ।
बुधबार उद्घाटन खेलमा याँक्चुबगमा रहेको सडकको खेलमैदानमा संचालन भएको प्रतियोगितामा सटपुट, एथलेटिक्स, भलिबल, कवडी, हाइ जम्प, दौड खेल संञ्चालन हुने आयोजक पक्षले बताएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद,जीवनको लागि खेलकुद’ भन्ने मुल नाराका साथ अन्तर मावि स्तरीय संचालन भएको प्रतियोगितामा खार्पुनाथ गाउँपालिका भित्रका ४ वटा विद्यालयका करिब १सय भन्दा बढी विद्यार्थीहरुले भाग लिएका बताएको छ।