जहाजको टिकट नपाउदा हुम्लामा शिशुको मृत्यु

असोज १९,२०८०
सिमकोट । हुम्लामा हवाई जहाजको टिकट नपाउँदा एक शिशुको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका १४ महिने बालक प्रिन्स सुनारको जहाज नआउँदा उपचार समस्या भएकोले शुक्रबार बिहान ज्यान गएको हो।
मुटुमा २ वटा प्वाल भएका बिरामी शिशुलाई जिल्ला अस्पातल हुम्लाले १७ गते रिफर गरेको थियो । तर सिमकोट विमानस्थलमा हवाइ जहाजको टिकट नपाउँदा शिशुको मृत्यु भएको मृत्यका बुवा ा रामलाल सुनारले बताए ।
बिरामी शिशुको उपाचारका लागि प्रमुख जिल्ला अधिकारीले रिफर गरिएको पत्रमा तोक लगाएपनि टिकट नपाउँदा शिशुको मृत्यु भएको हो ।
सोही बालकको यसअघि पनि काठमाडौको बाल कान्ती अस्पतालमा फोक्सोको उन्डोसकपि गरिएको थियो । अस्पतालले रिफर गरेको भएपनि टिकट नपाउदा अस्पतालमा रहेका बालकको मृत्यु भएको छ ।