व्याडमिन्टन संघ कर्णाली प्रदेशको संयोजक शाही

फिल्को मिसन

भाद्र २५, २०८०
सुर्खेत । कर्णाली प्रदेशमा भएको ब्याडमिन्टन खेलाडी भेलाले व्याडमिन्टन संघ तदर्थ समितिको संयोजकमा टक्कबहादुर शाहीलाई चयन गरेको छ ।
भेलाले हालको लागि संघको ७ सदस्यीय तदर्थ कार्यसमिति चयन गरेको छ । आइतबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भेलाले शाहीको संयोजकमा चयन भएको समितिको सदस्यमा कालिकोटबाट वीरेन्द्र बहादुर शाही चयन भएका छन ।
यस्तै प्रदेश संघका सदस्यहरुमा दैलेखबाट विनोद कुमार मल्ल, जाजरकोटबाट जनक भँडेल, रुकुम पश्चिमबाट डम्बर थापा, सुर्खेतबाट महेश केशर खनाल,र सल्यानबाट भरत कुमार बस्नेत चयन भएको बताइएको छ ।


संयोजक शाहीले सबै जिल्ला लाई समेटेर कार्यसमिति चयन गरिएकाले सबै क्षेत्रमा प्रतियोगिता सहित विभिन्न कार्यक्रम गरिने बताउनुभयो । कर्णालीका दश जिल्ला मध्ये हाल सात ओटा जिल्लाबाट उक्त संघको भेलामा सहभागि भएको बताइएको छ ।
संयोजक शाहीका अनुसार यो समिति तदर्थ समिति भएकोले आगामी तीन महिना भित्र सम्मेलन गरेर निर्वाचन गर्ने तयारीमा जुटेको बताए ।
शाहीले भेलामा सहभागि हुन प्रत्येक जिल्लाबाट जिल्ला खेलकुद विकास समितिमा दर्ता भई आएका व्याडमिन्टन संघबाट दुई–दुई जना प्रतिनिधि आएका बताए ।


यहि भदौ २८ गते केन्द्रमा छैटौं साधारण काठमाडौंमा सम्पन्न हुने भएकाले यो समिति गठन गरिएको संयोजक संयोजक शाहीले बताए ।उक्त केन्द्रीय सधारण भेलमा केन्द्रयी प्रतिनिधि मा संयोजक सहित दुई जना केन्द्रयी प्रतिनिधि छनोवट गरेको छ । जसमा संयोजक टक बहादुर शाही, रुकुम पश्चिमबाट डम्बर थापा, सुर्खेतबाट महेश केशर खनाल लाई केन्द्रयी प्रतिनिधि तोकेको छ ।
नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य मानबहादुर मल्ल प्रतिनिधिको रुपमा व्याडमिन्टन संघ कर्णाली प्रदेशको तदर्थ समिति चयन गर्न आएका थिए ।

प्रतिक्रिया दिनुहोस