एकीकृत अखिल नेपाल शिक्षक संगठन हुम्लाको अध्यक्षमा जैसी

भाद्रा ८,२०८०
सिमकोट । एकीकृत अखिल नेपाल शिक्षक संगठन हुम्लाको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार हुम्लाको सर्केगार्ड गाउँपालिकामा सम्पन्न संगठनको तेस्रो औं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनबाट गंगादत्त जैसीको अध्यक्षतामा गरी २० सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
नयाँ समितिको उपाध्यक्षमा मीनबहादुरावत,सचिवमा हर्कबहादुर बोहरा र कोषध्यक्षका यज्ञबहादुर शाही चयन हुनुभएको छ । संगठनको सदस्यहरुमा भगवती सिंह, प्यारीलाल रोकाया, हरिचन्द्र रावत, कुन्साङ डम्डुल लामा, रत्नलाल सार्की, लक्ष्मीरुद्र जैसी, केशरबहादुर शाही, अमरबहादुर सिंह, सीता थापा, शंकरलाल उपाध्याय र दीपक महतारालाई चयन गरिएको छ।
नव निर्वाचित अध्यक्ष जैसीले समग्रा हुम्लाक जिल्लाको शैक्षिक परिवर्तन, शिक्षकहरुको पेशागत हकहित र आफ्नो संगठनको उच्च गतिशीलताका निम्ति इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।