हुम्लामा खोलाले बगाउँदा एक जना बेपत्ता

फिल्को मिसन

भाद्र ९,२०८० शुक्रबार
हुम्ला । खोलाले बगाउँदा हुम्लामा एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका २ स्थित रिपगाड खोलामा आएका बाढीले सिमकोटमा जाँदै गर्दा फर्किदै ताँजकोट गाउँपालिका ४निवासि मनऋीषी जैशी बेपत्ता भएको जिल्ला प्रहरी कार्याले हुम्लाले जनाएको छ ।
लगातार वर्षासँगै रिपगाड खोलामा आएको बाढी संगै झुलुङले पुलमा र्तर्दै गरेका अबस्थामा ताँजकोटका ५० वर्षिय मनऋषी जैशी बेपता भएका छन । उनका भाई धर्मदत्त जैशी भने सकुसल रहेको प्रहरीले बताएको छ ।
दुबै भाई जैसीका आफनो स्वार्गिय बुवाको लागि पवित्रस्थल खार्पुनाथ मन्दिरमा चोख्याउन लाई जान लागेको जैसिलाई खोला तर्ने क्रममा बेपत्ता बनाएको भएको बेपताका भाई जैसीले बताए ।
उनिहरु खार्पुनाथ गाउँपालिका ५मा रहेको मानसरवरबाट बग्ने त्रिवेणी कर्णली नदि खार्पुनाथ मन्दिरमा स्वर्गीय बुबा धार्मिक देवताका पुजारीको अस्तु राख्ने जान क्रममा खोल संगै पुलबगाउँदा दाई बेपता भएको भाई जैसीलले बताए । आज बिहान गएको बाढीले बेपत्ता भएका जैशीको खोजि कार्यका लागि सुरक्षाकर्मि र स्थानीय त्यस तर्फ गएको हुम्ला प्रहरीले जनाएको छ ।
वर्षा र खोलामा पानीको बहाब नघटेका कारण उद्धारमा समस्या देखियोको सर्केगाड प्रहरी चौकीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस