हुम्ली भोट लामा भाषमा पाठ्यक्रम तयार पार्न समिति गठन

फिल्को मिसन

साउन २९,२०८०
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ ।
नाम्खा गाउँपालिका कार्यापलालिको निणर्य अनुसार सामक्याप तामाङको संयोजक्तवमा ९ सदस्यी पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरेको हो ।
नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाकोे उपस्थितिमा शिक्षा समितिको आइतबरा बसेको बैठकले स्थानीय भाषा र तिब्तीयन भाषाका लागि समिति गठन गरेको गाउँपालिका शिक्षा शाँखा प्रमुख मन्राज बुढाले जानकारी दिए ।
गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय पाठ्यक्र निमार्ण लिमी सम्भोटा र भाषामा हुम्ली भोट लामा भाषमामा पाठ्यक्रम लेखन तथा निर्माणको कामलाई अगाडि बढाउने निणर्य गरेको छ ।
कक्षा १ देखि ८ सम्मको स्थानीय भाषा भोट लामा तिब्तीयन भाषाको पाठ्यक्रमका लागि सामक्याप तामाङको संयोजकत्वमा, पाल्जोर तामाङ,कन्जोक लामा लगायतका सदस्यसचिव मन्राज बुढा रहेका छन् ।स्थानीय भाषा ऐच्छिक विषयका रुपमा रहनेछन ।
स्थानीय भाषा समितिलाई गाउँपालिका अध्यक्षल लामाले पाठ्यक्रम तयार पार्न निर्देशन दिइएको छ । शिक्षा शाखाका प्रमुख बुढाले आगामी शैक्षिकसत्र २०८१÷०८२ बाट गाउँपालिभित्रका सामुदायिक,संस्थागत र धार्मिक विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयार पारिने बताए ।
सामाज सेवा तथा स्थानीय भाषा लेखन पोख्त भएका कन्जोक लामाले पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिने बताए ।
नाम्खा गाउँपालिकामा सामुदाय,संस्थागत र धार्मिक गरि १७ वटा विद्यालयहरूमा लामा भोट भाषाको पठनपाठन गरााउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस