जहाज उडान् नहुँदा रिफर गरेको चार बालक मृत्यु

भक्त राज ऐडी

साउन २९, २०८०
हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण हवाई जहाज उडान नहुँदा रिफर गरेका चार बालको मृत्यु भएको छ ।
सिमकोट विमानस्थलमा २महिना देखि हवाई उडान नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
हुम्लाको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, डाँडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ–१ लालीका डेढ वर्षका बालक आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुवारको जिल्ला अस्पातले जिल्ला बाहिर रिफर गरेका बालक जहाज कुर्दाकुर्दै बच्चाको ज्यान गरएको हो
अस्पताल ल्याइका शाहीलाई अनियन्त्रित झाडापखालाका कारण आईसीयूमा उपचार गर्नु पर्ने भएपछि सुविधा सम्पन्न अस्पताल लैजान भनिएको थियो । तर जहाज नआउँदा घरै फिर्ता लगिएका बालक शाहीको गत बुधबार मृत्यु भएको थियो । यस्तै झाडापखालाकै कारण सिकिस्त भएका इमरान सुनारलाई पनि सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा बचाउन नसकिएको जिल्ला अस्पताल हुम्लाका चिकित्सक कैलाश लामाले जानकारी दिए ।
नागरिक उड्डयान प्राधिकरणले उडान तालिका नयाँ लागु गर्नु र मौसम समेत खराब भएको कारण हवाई सेवा अवरुद्ध हुँदा बिरामी बालकको मृत्यु भएको हो । बिहान मौसम सफा नहुनु र दिउसो साढे १२ बजेपछि नागरिक उड्ययान प्राधिकरणले लागु गरेको उडान भर्न नपाउने नियमलागु गरेका कारण बालकको मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस