नाम्खा गाउँपालिकाको बार्षिक समिक्षा गोष्ठी सम्पन्न 

अर्जुन बोहरा

साउन २७,२०८०
नाम्खा । हुम्लाको नाम्खा गाउँपालिकाको आर्थिक बर्ष २०७९/८०को बार्षिक समिक्षा गोष्ठी वडा नं. ४ को याल्वाङ्गमा सम्पन्न भएको छ।
गोष्ठीमा गाउँपालिकाका विभिन्न शाँखाका प्रमुखहरुले आफ्ना आफ्नो शाखाले बर्ष भरि कार्यसम्पादन गरेका उपलब्धि र चुनौतीहरु कार्यपत्र पेश गरेका छन। जसअनुसार आर्थिक बर्ष २०७९/८० मा पालिकाले ९७ प्रतिशत खर्च भएको छ। करिब ८० प्रतिशत योजनाको कामहरु सम्पन्न भएको छ भने २० प्रतिशत भौगलिक विकटताले दोस्रा किस्ता संचालन गर्ने हिमपातले कठिन भएको गोष्ठीमा जानकारी दिइएको छ।
तेसै गरि भौतिक पुर्बाधार, सडक, कृषि, शिक्ष, खानेपानी र स्वास्थ्यमा उल्लेखनीय काम भएको कार्यपत्रहरु पेश भएका छन।


गोष्ठीमा प्रस्तुत भएका गुनासा तथा सुझाबहरुलाई सम्बोधन गर्दै नाम्खा गाउँपाकिा अध्यक्ष प्रेम लामाले शाखाहरु लाई चाहिने जनशक्ति र स्रोत साधनको ब्यबस्थापन गरि कार्य सम्पादन हुनु चानचुने कुरा नभएको बताउनु भयो। अहिले सम्म गाउँपालिकाले नियम तथा कार्यबिधि तयार गरि कार्य सम्पादन हुने गरेको बताउदै जनप्रतिनिधि र कर्मचारीले आफ्नो क्षमता अनुसार काम गरिरहेको बताउनु भएको छ।


अध्यक्ष लामाले चार वटा सहको स्वास्थय,शिक्षा,सडक,र सुचानाको विकासमा लागेको बताउनु भयो। कमिकमजोर लाई सुधार्दै सबै संग हातेमालो गरि नगरको समग्र बिकासमा अघि बढ्ने प्रतिबद्धता समेत अध्यक्ष लामले ब्यक्त गरेका छन।


आफुहरु निर्बाचित भएर आउदा गाउँ जाँदा सबै क्षेत्रको अबस्था नरहेकोमा अहिले जनताको केहि सुधार भएको बताउदै नाम्खा गाउँपालका उपाध्यक्ष तक्दिर लामाले भौतिक पुर्बाधार, सडक , खानेपानी को क्षेत्रमा उल्लेखनीय प्रगति देखिय पनि कृषि र पर्यटनको बिकासमा प्रयाप्त योजनाहरु अझै संचालनमा नआएकोे उहाँले टिप्पणी गर्नु भयो ।


गोष्ठीमा प्रस्तुत कार्यपत्रहरु माथिको छलफलमा भाग लिदै पत्रकार महाँसका जिल्ला अध्यक्ष राजन रावतले योजना तथा कार्यक्रमहरुको प्रगति बुदागत र बृस्तित रुपमा आउन नसकेको धारणा राख्नु भयो। पुर्बाधार बिकास समिति गठन गरि बिकास निर्माण कार्यलाई अगाडि बढाउनु पर्ने धारणा ब्यक्त गर्नु भयो।


गोष्ठीमा नाम्खा गाउँपालिकाल प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीले कमिकमजोर लाई सुधार गर्दै सबै वडा स्तरीय अनुगमन समिति लाई प्रभाबकारी रुपमा सक्रिय बनायर लैजाने बताउनु भयो। उहाँले पालिकाको उपलब्धि र चुनौतीहरु बारे समग्र रुपमा कार्यपत्र पेश गर्नु भएको थियो। sf

 

 

प्रतिक्रिया दिनुहोस