जहाज उडान् नहुँदा रिफर गरेको बालक अस्पातलमै मृत्यु

फिल्को मिसन

साउन २६, २०८०
सिमकोट । जिल्ला अस्पातल सिमकोटमा  बिरामी बालको मृत्यु भएको छ। बालकलाई निमोनिया, झाडापखाला र इम्फेक्सन भएपछि जिल्ला अस्पातले जिल्ला बाहिर रिफर गरेको थियो ।
सिमकोट गाउँपालिका– ६ को माथिल्लो गाउँका सुरज सुनारका छ महिनाका छोरा ईब्रान सुनार रहेका छन्। साउन १४ गते बालकलाई मिनोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो।
जटिल समस्या देखिएपछि रिफर गरिएका विरामी सुनार अस्पातलमै मृत्यु भएको अस्पातलका सिनिइअर अनमि सरिता बोहराले बताईन् । हुम्लामा उपचार हुन नसक्ने भन्दै रिफर गर्दा पनि समयमै जिल्ला बाहिरका ठूला अस्पतालमा पुर्याउन नसक्दा हुम्लामा  बालकको ज्यान गएको छ ।
नागरिक उड्डयान प्राधिकरणले उडान तालिका नयाँ लागु गर्नु र मौसम समेत खराब भएको कारण हवाई सेवा अवरुद्ध हुँदा बिरामी बालकको शुक्रबार बिहान सात बजे अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ।
बिहान मौसम सफा नहुनु र दिउसो साढे १२ बजेपछि नागरिक उड्ययान प्राधिकरणले लागु गरेको उडान भर्न नपाउने नियमलागु गरेका कारण बालकको मृत्यु भएको हो ।
बालक जटिल अस्थामा अवस्था भएकोले सिटी स्क्यान नगरी उपचार संभव थिएन, जिल्ला अस्पातलमा त्यो सुविधा छैन्,जिल्ला अस्पालले रिफर गर्यो, जहाज आएन दुर्भाग्य बचाउन सकिएन जिल्ला अस्पातका अस्पतालका चिकीत्सक रोशन रावत बताए ।

प्रतिक्रिया दिनुहोस