भारत ए विरुद्ध नेपाल ब्याटिङमा, कुशल शून्यमै आउट

फिल्को मिसन

साउन १,२०८०,सोमबर
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दै छ।
श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा सुरु भएको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ थालेको छ। पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको नेपाल सुधारिएको प्रदर्शन गर्दै पुनरागमनको प्रयासमा रहनेछ।
तर ५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर २७ रन बनाएको छ। कुशल भूर्तेल शून्यमा आउट भएका छन् । भारत लगातार दोस्रो जितको खोजीमा छ । भारतले पहिलो खेलमा युएईलाई ८ विकेटले पराजित गरेको थियो ।
समूह बी मा भारत दुई अंकसहित शीर्ष स्थानमा र सामान अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ । तेस्रो स्थानको नेपाल र अन्तिमको युएई अंकविहीन छन् ।

प्रतिक्रिया दिनुहोस