इन्धनको मूल्य घटेसँगै भाडा दर पनि घट्यो (सूचीसहित)

फिल्को मिसन

साउन १,२०८०,सोमबार
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा दर घटाएको छ ।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएको थियो। मूल्य समायोजनसँगै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । यसैकै आधारमा यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ।
यसैगरी, मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको छ। घटेको भाडा आज सोमबारदेखि नै लागू हुने विभागले जनाएको छ।
यसअघि पनि विभागले इन्धनको मूल्य घटेसँगै भाडा समायोजन हुँदै आएको थियो। मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए ।

प्रतिक्रिया दिनुहोस