पोषण सम्बन्धी सुचक पूरा गरे पछि पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

अर्जुन बोहरा

असार १९,२०८०
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका रहेका स्वास्थ्य चौकीमा जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य सस्था हुन पुगेको छ ।
सिमकोट गाउँपालिका ७ र ६का नागरिकलाई सेवा दिदै आएको स्वास्थ्य चौकीले विभिन्न सुचकमा तथा पोषण अभियानलाई चुस्तदुरुस्त पार्दै गरेकोमा घोषणा गरिएको हो ।
सिमकोट गाउँपालिका डाँडाफया स्वास्थ्य चौकी र स्याँडा स्वास्थ्य चौकीलाई नेपाल सरकारले विभिन्न मापदण्डबाट तयार पारेको कार्यविधिमा निर्देशित भएका १६ ओटा सुचकहरु लक्ष्य पुरा गरेपछि मात्रै पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा अधिकृत नर बाहदुर भण्डारीले बताउनु भयो ।


सो घोषण कार्याक्रममा आमाहरुलाई स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयम सेविका द्धारा स्वास्थ्य र पोषण सम्बन्धि परामर्श र निरन्तर निगरानी राखेको बताउनु भयो । यस कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखी सो सुचकहरुलाई कायमराख्न आफुहरु निरन्तर खटिने बताउनु भयो ।
गाउँपालिकाले संचालन गरेको पोषण मैत्री स्वास्थ्य अभियानमा मुख्य गरेर आमा र बच्चाको पोषणको अबस्थामा ल्याएको सुधार र यसको निरन्तरतालाई टिकाइराख्ने गरि पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको हो ।


स्वस्थ्य चौकीका लाई पोषण मैत्री स्वास्थ्य घोषणा कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष बिजय भण्डारी(प्रतिरोध)ल ेमन्तब्य राख्दै सिमकोट गाउँपालिकाले भौतिक तथा सामाजिक विकासको क्षेत्रमा विकासको आधार तयार गरेको र गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै राम्रा कामहरु गर्दे आएको बताउनु भयो ।
यस अघि पनि सिमकोट गाउँपालिकाले सुत्केरी आमाहरु लाई पोषण थैली कार्यक्रम राम्रो भएको कुरा अवगत गराउँदै गाउँपालिकालाई विकास तर्फ लैजान आफुहरु सहयोगी भुमिका रहेको बताउनु भयो ।
स्वास्थ्य र पोषणको क्षेत्रमा सिमकोट गाउँपालिका र स्वास्थ्य शाखा निकै संवेदनशील रहेको बताउँदै स्वास्थ्य शाखाका सम्पुर्ण स्वास्थ्यकर्मी, स्वास्थ्य व्यवस्थापन समिती लगायतको निरन्तर अथक प्रयास पश्चात कार्यक्रम सफल भएकोले सबैलाई धन्यबाद दिनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष शुशिला बाम (रोकाया)ले शुभकामना मन्तब्य राख्दै सिमकोट गाउँपालिकाले पोषण मैत्री स्वास्थ्य संस्था घोषणाको शुरुवात गरेकोमा बधाई दिदै डाँडाफया र स्याँडा स्वास्थ्य चौकीले स्वास्थ्य र पोषणको क्षेत्रमा धेरै राम्रो काम गरेको र यस लाई निरन्तर दिन स्वास्थ्य कर्मि धन्यबाद दिनु भयो ।


स्वास्थ्य चौकीमा नियमित बच्चाको वृद्धि अनुगमन गरेको, आइरन चक्की खाएका महिला, सुत्केरी पछि आइरन र भिटामिन ए खाएका स्वास्थ्य सस्थामा सुत्केरी हुने पोषण रजिष्टरमा पोषण सम्बन्धी सबै सुचना रेकर्ड राखिएको, पुर्ण स्तनपान गराउने, पोषण सम्बन्धी औषधि र सामाग्री पुर्ण रहेको, जुकाको औषधि खाएको कुपोष्ति बालबालिका नरहेको,६ महिनापछी दूध सहित अन्य पौष्टिकको मापदण्ड अनुसार आहार खुवाएको सुनिस्चित भएको, विद्यालय स्वास्थ्य पोषण अन्तर्गत जुकाको औषधि खाएको, स्वास्थ्य सस्थामा पोषण कर्नर र आम र शिशुलाई नियमित परामर्श गरिएको साथै तथ्यांक चुस्त दुरुस्त राखिएको जस्ता सुचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको हो ।


घोषण कार्यक्रममा अथितिका रुपमा एसएनीपी कर्णाली प्रदेश सयोजक मानबहादुर कुवर, वडा ८का अध्यक्ष कमल बुढा, ७का अध्यक्ष बलविर शाही, ४का वडा अध्यक्ष प्रताप लामा लगाएतका सहभागि उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस