सिमकोट गाउँपालिको नीति तथा कार्यक्रम :अग्रानिक सहितका पूर्वाधार निर्माणमा जोड

असार ९,२०८०
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी(प्रतिरोध)ले आर्थिक बर्ष २००/२०८१को निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । शनिबार सिमकोट गाउँपालिकाको सातौैं गाउँसभाको आयोजना गरिएको नीतिमा १३ वटा क्षेत्रलाई प्राथमिकता दिएर नीति प्रस्तुत गरिएको छ ।
गाउँपालिका अध्यक्ष भण्डारीले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमा पहिलो प्रथामिकता अर्गानिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि र बजारीकरण लाई जोड दिएको छ । त्यसै गरि यातायातको दिगो व्यवस्थापन, पूर्वाधार निर्माण तथा दिगो विकास, गुणस्तरीय शिक्षा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, जलवायु परिवर्तन न्यूनीकरण, उद्यम, स्वरोजगारी र सहकारीताको विकास, मानव संसाधन तथा संस्थागत सुशासन रहेका छन्।
त्यसै गरि ऐतिहासिक तथा परम्परागत स्थलहरु, सम्पदा, संस्कृति, रहनसहन, खानपान, सीपलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, मौलिकता झल्किने गरी सहरी पूर्वाधार तयार पार्ने, सिमकोट बजारसुन्दरता कायम गर्ने गरी पूर्वाधार बनाउने, स्वास्थ्य, शिक्षा, खानेपानी, सहज यातायात सुविधालगायत नागरिकका मौलिक हकसँग जोडिएका विषयलाई ध्यानमा राखेर वार्षिक नीति तथा कार्यक्रम तयार पारिएका छन् ।
सहज सेवा प्रवाह, प्रविधिमैत्री सेवा प्रवाह, आर्थिक अनुशासन पालना, खर्चमा पारदर्शिता र मितव्ययितालगायत विषयलाई प्राथमिकता दिएर वार्षिक नीति तथा कार्यक्रम तयार पारिरहेका छन् ।
त्यसैगरी, अन्य प्राथमिकताका क्षेत्रमा सूचना प्रविधि तथा सञ्चारमा विकास, सामाजिक विकास तथा गरिबी निवारण, संस्कृति तथा पर्यटन प्रवद्र्धन, वन तथा वातावरण संरक्षण एवं सामुदायिक वनको दिगो प्रयोग, प्राकृतिक विपद व्यवस्थापन पूर्वतयारी, पुनःस्थापन, पुनर्निर्माण, राहत तथा उद्धार कार्य, न्यायोचित वितरण, सचेतना कार्यक्रम, आर्थिक रुपले अति विपन्न श्रमिक लाई रोजगारी उपलब्ध गराउन श्रममूलक प्रविधिको प्रयोग गरी कार्यान्वयन गरिने आयोजना छनोट गर्ने, संक्रमण जोखिम रहँदासम्म अशक्त, असहाय एवं आर्थिक रुपले विपन्न गर्भवती महिला, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिलाई राहतका कार्यक्रम सञ्चालन गर्ने गर बजेट विनियोजनको प्राथमिकता दिने उल्लेख गरिएको छ।
कार्यक्रममा शिक्षा स्वास्थ्य कृषि सडकमा बिशेष प्रथामिकताम राखि निति तथा कार्यक्रम सार्वजनिक गरिएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुशिला भाम (रोकाया )ले बताइन ।
सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत पठाउने रकमको टुङ्गो लागेसँगै सिमकोट गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी गरिरहेका छन् ।
स्थानीय तहले हरेक आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको यथार्थ विवरण, चालु आर्थिक वर्षको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान, आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आयव्ययको अनुमानित विवरण खुलाउनुपर्ने व्यवस्था रहेको छ ।
सिमकोट गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१सालको निति तथा कार्यक्रम पूर्णपाठ ।