हुम्लाकी गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

एम्बी थापा

जेठ २९,२०८०
सिमकोट । हुम्लाको मध्य क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिकाबाट नेपाली सेनाले गर्भवती महिलाको उद्धार गरेको छ ।
सर्केगाड गाउँपालिका–७ रोडीकोटकी २६ वर्षीया धनकौरा शाहीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
तिनदिन देखि प्रसव पीडामा छटपटाइरहेकी शाहीको गाउँबाट जिल्ला अस्पताल पुग्न हिडेर २दिन दिन लाग्छ । त्यही कारण सेनासँग समन्वय गरेर हेलिकप्टरमा सुर्खेतमा झारिएको वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए ।
गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए ।
अहिले गर्भवती शाहस्को सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेकोे छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस