भ्रष्टाचारविरुद्धको कारवाही तीब्र बनाउछौंः गृहमन्त्री श्रेष्ठ

फिल्को मिसन

जेठ २८ ,२०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको कारवाही तीब्र बनाउने बताएका छन् । आइतबार विहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा मन्त्री श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए ।

“जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन। राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेनन्” श्रेष्ठले भने ।

‘गरिबीको दुश्चक्रमा पिसिएका आम जनता अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्‍याउन नसकेको बताउँदै श्रेष्ठले जनताले लोकतन्त्रको महसुस गर्न सक्नु पर्ने बताए ।

प्रहरी, प्रशासनिक अधिकारी र सम्बद्ध पक्ष बिचौलियाको होइन सिधै पीडितको कुरा सुन्ने र निदान दिने परिपाटी बढाउनु पर्नेमा जोड दिँदै श्रेष्ठले पछिल्लो समयमा मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिको अपेक्षित साथ नपाएको बताए । उनले मिटरब्याज पीडितले आफ्नै प्रतिनिधिको राम्रो साथ नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस