सर्केगाडमा महिनावारी स्वच्छता तथा स्यानिटरी प्याड बनाउने तालिम

शुक्रबार, जेठ १९, २०८०
सर्केगाड – सर्केगाड गाउँपालिकामा पालिका स्तरीय मर्यादित महिनवारी ब्यबस्थापन तथा स्यानिटरी प्याड बनाउने सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ। पहिलो दिनमा मर्यादित महिनवारी ब्यबस्थापन र स्वच्छता सम्बन्धि महिला बालबालिकाहरु सङ अन्तरक्रिया कार्यक्रम गरिएको छ भने दोस्रो दिनमा स्यानिटरी प्याड बनाउने कामकार्य सिकाइएको छ।महिनावारी स्वच्छता, ब्यबस्थापन र महिनावारी विभेद , कुसंस्कारको अन्त्य, महिनावारी स्वच्छताका फाइदा बेफाइदा र सहज रुपमा स्यानिटरी प्याड बनाउने दुई दिने तालिमले केही नंया चेतना देने कुरामा बिश्वास रहेको सुस्वा परियोजना सर्केगाड इकाई प्रमुख निल बिक्रम शाहीले बताउनु भयो।
उहाँका अनुसार महिनावारी के हो भन्ने थाहा नभएका वा महिनावारी हुँदा के गर्ने, के नगर्ने जस्ता जानकारी नपाएका ग्रामीण बालिका तथा किशोरीहरूलाई स्यानिटरी प्याड तथा महिनवारी स्वच्छता सम्बन्धि यो कार्यक्रमले उनीहरुको स्वास्थ्य र शिक्षामा ठूलो प्रभाव पार्न धारणा राख्छन् ।
यो कार्यक्रमा सहभागिता हुँदा निकै खुशी लाग्यो र आफुले जानेको ज्ञान् अन्य साथीहरू लाई पनि सिकाउने श्री लालिगुरँस माध्यमिक विद्यालयकी छात्रा सुमि कर्किले बताइन् ।
स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०८० मा कार्यक्रम आर्थिक वर्ष ८०/८१ मा सरकारले स्यानिटरी प्याड नि:शुल्क वितरण गर्ने जनाएको छ।उक्त कार्यक्रममा आठै वडाका महिला तथा किशोरीहरूको बाक्लो सहभागी रहेको कार्यक्रममा सुस्वा परियोजनाको आर्थिक सहयोग र सर्केगाड गाउँपालिकाको वास इकाईको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
सर्केगाड ५ का वडा अध्यक्ष एवं कार्यबाहक अध्यक्ष दल बहादुर सिंहको अध्यक्षता तथा निमित्त प्रमुख प्रसासकिय अधिकृत छत्त बहादुर शाहीको प्रमुख आतिथ्यमा बुधबार र बिहीवारमा पालिका स्तरीय मर्यादित महिनवारी ब्यबस्थापन तथा स्यानिटरी प्याड बनाउने सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ।