डोमा तामाङ सहायता कोषद्वारा विद्यार्थी पुरस्कृत

अर्जुन बोहरा

जेठ १९,२०८०
सिमकोट। हुम्लाको नाम्खा गाउँपालिका–१ निवासी स्वर्गीय डोमा तामाङ्को बार्षिकको दोश्रो पुन्य तिथिको अवसरमा डोमा तामाङ शिक्षा सहायता कोषद्वारा पुरस्कार वितरण गरेका छन ।
अक्षय कोषका सदस्य सचिव छिटुुप लामाले अक्षय कोषबाट नाम्खा गाउँपालिका– १ निवासी र हाल मानसरोवर नमुना माविमा अध्ययनरत दुुई जना विद्यार्थी पुरस्कृत र छात्रवृत्ति प्रदान गरिएको बताए। पुरस्कार र छात्रवृत्ति दिने उद्देश्यले दुुई वर्ष अगाडि सो अक्षय कोष स्थापना गरिएको थियो। बिद्यालयका उतकृष्ट बिद्यार्थी, गरिव तथा जेहेन्दार बिद्यार्थी अतिरिक्त क्रियाकलापको बिधा बाट २ जना छात्र छात्रालाई “डोमा तामाङ शिक्षा सहायता अक्षय कोष” ५लाखा मार्फत बंैकबाट आएको व्याज बाट उक्त रकम पुरस्कार प्रदान गरेको छ ।
शिक्षा सहायता अक्षय कोष बाट २५ हजार /३० हजारको राशिबाट पुरस्कार बितरण गरिएको डोमा तामाङ शिक्षा सहायता अक्षय कोषको सदस्य सचिव तथा हेड नेपालका कार्यकारी निर्देशक छिटुप लामाले बताए ।
बि.स २०७९सालमा स्थापना गरेका यस संस्थाको अक्षय बाट नाम्खा गाउँपालिका–१ स्थिीत गत शैक्षिक वर्षको अन्तिम परीक्षामा वार्षिक शैक्षिक कार्यसम्पादनको मूल्याङ्कनको आधारमा पुरस्कार नाम्खा गाउँपालिका ं–१ धिँगाका मानसरोवर नमुना माध्यमिक विद्यालयमा डिप्लोमा इन सिविल ईन्जिनियरिङ् तेस्रो वर्षमा अध्ययनरत मिङ्मार छिरिङ लामालाई पुरस्का दिएको छ । त्यसै छात्रवृत्ति नाम्खा गाउँपालिका–१ताङ्गिनका मानसरोवर नमुना माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत पासाङ लामु लामालाई पुरस्कार प्रदान गरिएकोछ।


बिद्यार्थीको शैक्षिक गुणस्तर तथा हौसला प्रदान गर्नुको २ वर्ष अगाडि देखि अक्षय कोष स्थापना गरिएको हो ।
दुुई वर्ष अगाडि काठमाडौंमा उपचारका क्रममा स्वर्गीय तामाङको मृत्युु भएको थियो। आमाको सम्झनामा २ जना छोरा र ४ जना छोरी मिलेर ब्यक्तिगत लगानीमा ५ लाखको अक्षय कोष स्थापना गरेका थिए।


पुरस्कार राशिको चेक नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुुर लामाले प्रदान गरेका थिए भने उपाध्यक्ष तक्दिर लामाले अबिर लगाउने कार्य गरेका थिए। स्वर्गीय आमाको सम्झनामा गाउँपालिकाल अध्यक्ष लामाले छोराछोरी यस्तो रचनात्कम कार्य गरिनुु भएको बताए ।


कार्यक्रममा उपाध्यक्ष तकदिर लामाले समाजका लागि उदाहरणीय कार्य भएको बताउँदै समाज सेवाका कामले समाजमा सकारात्मक परिवर्तन गर्ने बताए। उहाँले गुम्बामा गएर ५लाखको माल जम्नु भन्दा दुखि गरिब,जेन्हदार लाई आमानको नामा स्मृति राखेको बधाई समेत दिए । कार्यक्रममा पत्रकार महासंघको अध्यक्ष राजन रावतले हुम्लाका कसैले नगरेको पहिलो काम भएको स्वातयोग्य भएको आफ्नो धारणा व्यक्त गरेका थिए।


समापन गर्दे सदस्य–सचिव छिटुप लामाले गहभरि आँसुु निकाल्दै यस्तो अबस्था सम्म पुगाउने आमालाई सम्झीदै आफ्ना भनाइ राखेका थिए ।कार्यक्रममा जिल्लास्थित सञ्चारकर्मी र हेड नेपालको आवासीय छात्रावासमा बस्दै आएका विद्यार्थीको सहभागिता थियो।

 


 

प्रतिक्रिया दिनुहोस