प्रधानमन्त्री दाहाल चार दिनको लागि भारत प्रस्थान

फिल्को मिसन

जेठ १७,२०८०
काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’चार दिनको लागि भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।
प्रधानमन्त्री दाहाल बुधबार दिउँसो त्रिभुवन विमानस्थलबाट नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली उडेका हुन्।
मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु प्नि सहभागि भएका छन ।
टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।
प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस