रुकुम पश्चिम जीप दुर्घटना ५ जनाको मृत्यु, गम्भीर ६ लाई हेलिकप्टर नेपालगन्जमा लगियो

जेठ ११ २०८०
रुकुम पश्चिम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मेलचौरबाट मुसिकोट जादै गरेको जीप वाफिकोट गाउँपालिका वडा नं ८ को मोतिखोलामा दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ।
बिहीवार बिहान ७स्३० मा जिल्ला सदरमुकाम खलंगा जान लागेको लु १ ज १७४७ नम्बरको जीप सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रशासन प्रमुख हरी प्रसाद पन्तका अनुसार ४ जना गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा थप उपचारका लागि लगिएको छ।
यसैगरी ६ जना सामान्य अवस्थामा रहेकालाई जिल्ला अस्पताल सल्लेमा उपचार गरिदै छ। मृतकहरुको शव सदरमुकाम लगिदै छ। प्रारम्भिक जानकारी अनुसार ब्रेक फेल भएकोले दुर्घटना भएको पत्ता लागे पनि थप अनुसन्धान हुँदै छ।