डोजरले हिउँ पन्छाउँदै सिमकोट–हिल्सा सडक सुचारु

जेठ ८, २०८०
सिमकोट । गएको पुस महिनाको अन्तिम सात देखि परेको भारी हिमपातले अवरुद्ध भएको सिमकोट–हिल्सा सडक खण्डमा पर्ने नारा लेकमा डोजरले हिउँ पन्छापछि सडक सुचारु भएको छ।
हिमपातले सिमकोट–हिल्सासडक अन्र्तगत नाम्खा गाउँपालिका–५को नारालेकको सडक बन्द हुँदा यातायातका साधनहरू रोकिँदा जनजीवन नै प्रभावित भएको थियो । नारा लेकमा झन्डै ५ फिट भन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको थियो
सो सडकको सिमकोट–हिल्सा सडकखण्डको सिमकोटदेखि यारीसम्म यातायात सुरु भए पनि हिल्सा–यारी खण्डको १६ किलोमिटर सडकमा जमेको हिउ जम्मेको थियो ।उक्त सडक खण्डमा हिउँ जमेको र माथिबाट आएकोे पहिरो पन्छाउनको लागि एक्स्काभेटरले १०दिनसम्म हिउँ हटाउनु लागेको हिल्सा–सिमकोट सडक आयोजनाका इन्जिनियर निरज राजवंशीले बताए ।
यारीको नारा लेकमा बाक्लो हिउँ जमेर पुस महिनाको अन्तिम सतादेखि बन्द भएको सडक खण्ड हिल्सा सिमकोट सडक आयोजनाले यारी देखि नारालेककोे हिउँ डोजर लगाएर पन्छाएपछि यातायातका साधनहरू सञ्चालनमा आएका छन् । चीनसँगको सीमा नाका हिल्सा चीनले दुुईतर्फी सुचारु गरेपछि बन्द रहेको यातायात सुचारु गर्न जमेको हिउँ पन्छाएको हो।
यारी–हिल्सा सडकखण्डमा यातायात सुरु भएसँगै चीनको तिब्बतको ताक्लाकोट जाने हुम्लावासी यात्रु लाई सहज भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रमुख नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिनु भयो ।
सडकमा हिउँ जमेकाले सडक यातायात बन्द हुँदा सीमा नाका खुल पछि व्यापारी तथा स्थानीयहरु चिनमा जानेको संख्या बढेको छ ।