सिमकोटमा किशोरीलाई आइरन र फोलिकएसिड खुवाउने अभियान शुरु

अर्जुन बोहरा

जेठ ७,२०८०
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले १० देखि १९ बर्षका किशोरीलाई आइरन चक्की र फोलिकएसिड खुवाउनअभियान  सुरु गरेको छ ।
सिमकोट गाउँपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिकएसिड खुवाउन थालेको हो । सिमकोट गाउँपालिका वडान १ देखि ८ सम्मरहेका समुदायमा गरी ९सय ३६ जना किशोरीलाई आइरन चक्की र फोलिकएसिड खुवाउन लागिएको हो । विद्यालयस्तरमा आइतबारबाट खुवाउन सुरु गरिएको छ ।


रक्तअल्पताको समस्या हुने भएकाले नेपाल सरकारको स्वास्थ्य तथा पोषण कार्यक्रमअनुसार सिमकोट गाउँपालिका भ िकिशोरीलाई आइरन तथा फोलिकएसिड खुवाइने सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले जानकारी दिए । सिमकोट गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत गरी २२ विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन तथा फोलिक एसिड चक्की खुवाउन सुरु भएको छ, उनले भने, हप्तामा एक दिन हरेक आइतबार आइरन तथा फोलिक एसिड चक्कीलाई १३ हप्तासम्म खुवाउन शुर गरिएको बताए । आज आइतबार कैलाश मावि,कर्णाली मावि,मानसरोवर मावि,भिमसेन आधरभुति विद्यालय,बालमन्दिर मावि र रलिङ्ग मावि बरगाउँ किशोरीलाई आइरन चक्की र फोलिकएसिड खुवाउन शुर गरेको छ ।


सबै किशोरी विद्यालयको पहुँचमा नहुन सक्ने भएकाले समुदायमा रहेका किशोरीलाई समेत खुवाइने छ । चक्की खुवाउनका लागि गाउँपालिाका अन्र्तगत स्वास्थ्यकर्मि तालीम दिएर परिचालन गरिएको छ । समुदायस्तरका किशोरीका लागि वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई तालीम दिएर परिचालन गरिएको छ । १३ हप्तासम्म खुवाइसके पछि सोही समयको अन्तरमा आउँदो वर्ष महिनादेखि फेरि १३ हप्ता गरी २६ हप्तासम्म उक्त चक्की खुवाइने छ ।

 

प्रतिक्रिया दिनुहोस