हुम्ला लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा (फोट फिचर)

बैशाख ३१,२०८०
सिमकोट । हुम्ला लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। हिमाली जिल्लाको रुपमा स्थापित हुम्ला लाई नेपालको ७१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो।
स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले शनिबार सिमकोटमा रहेको मानसरवर बहुमुखी क्यापसको प्राङगनमा एक कार्यक्रमको आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो।
सो अवसरमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवन शाहीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे।
जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका १ हजार ३६ बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय हुम्लाले बताएको छ।
यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन्। सात वटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय हुम्लालका प्रमुख पे्रम सिंहले जानकारी दिए। यो जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएसँगै कर्णाली प्रदेश प्रदेशका ९ वटै जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन्।
खोप समन्वय समिति हुम्ला संयोजक तथा जिल्ला समन्वय समिति हुम्लाका अध्यक्ष शिबराज शर्माले पनि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे ।
स्वास्थ्य कार्यालय हुम्लाका हुम्लाका कार्यालय प्रमुख सिंहले कार्यपत्र प्रस्तुत गर्दै ०८० बैशाख २५ गते जिल्लाका सात गाउँपालिकाबाट प्राप्त विवरणका आधारमा हुम्ला लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए ।
पालिकाहरूबाट १६ देखि २३ महिनाभित्रका २ हजार ३ सय ३६ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको विवरणका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताइएको छ ।
यसअघि कर्णालीमा ८ वटै जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। अब नेपालका७१ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएका छन्। नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोेषणा गर्ने प्रतिबद्धता अनुसार आजसम्ममा ७१ जिल्ला घोषणा गरिएका स्वास्थ्य कार्यालय हुम्लालका प्रमुख सिंहले जानकारी दिएका छन ।उनका अनुसार देशका झन्डै ९०प्रतिशत पालिका पूर्ण खोप सुनिश्चित पालिका भएका छन्।
कार्यक्रमम चंखेली गाउँपालिका अध्यक्षय प्यारीलाल शाही,अदचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम ंिसंह,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल,सिमकाट गाउँपालिका उपाध्यक्ष शुशिला रोकाया, ताँजकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सहित स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, पत्रकार लगायतको सहभागिता थियो ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ।