राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि सूर्योदय मावि

बैशाख ५,२०८०
अदनचुली । हुम्लाको अदनचुली गाउँपालिका स्तरमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सूर्योदय मावि उपाधि पाएको छ । फिल्ड, ट्रयाक तथा भलिबल प्रतियोगितामा सबैभन्दा बढी पदक प्राप्त गरेर सूर्योदय मावि पहिलो भएको हो।
अदनचुली गाउँपालिकाका चार माविबीच भएको प्रतियोगितामा उक्त मावि सबैभन्दा बढी पदक हात पार्दै पहिलो भएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाहीले सूर्योदय मावि पहिलो भएको बताए ।
त्यसैगरी, कैलाश पुरी मावि द्वितीय, ज्ञानोदय तृृतीय र सल्लाघारी मावि सान्त्वना हुन सफल भएका छन्। प्रतियोगितामा विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले विजेता विद्यालय र पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो। विजेता खेलाडीले वैशाख ११ गतेबाट सर्केगार्ड गाउँपालिकामा सञ्चालन हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्।