राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मानसरवर माविलाई (फोटोफिचर)

बैशाख ५,२०८०
हुम्ला । सिमकोट गाउँपालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मानसरवर माविले जितेको छ । मंगलबार सिमकोटमा जिल्ला खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा १६ स्वर्ण, ९ रजत र ५ कांस्य पदकसहित मानसरवर माविले उपाधि जितेको हो ।
विभिन्न ७ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल १३ विधाका ७८ वटा पदकमा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका कैेलाश माविका विद्यालय व्यवस्थान समितिका अध्यक्ष मन्दिर सिंहले बताए ।
प्रतियोगितामा ५ स्वर्ण, १२ रजत र ७ कांस्य पदक हात पार्दै बालमन्दिर मावि द्वितीय र दुई स्वर्ण, १ रजत र ३ कांस्य पदक प्राप्त गर्दै रलिङ मावि बरगाउँ मावि तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको आयोजक कैलाश मावि प्रधानाध्यप मेज बहादु बुढाले बताए ।
प्रतियोगितामा विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ( प्रतिरोध), उपाध्यक्ष शुशिला बम (रोकाया), भीमराज कार्की निमित्त इकाई प्रमुख लगायतले विजेता विद्यालय र पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए । सिमकोट गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यस पटक कैलाश मावि डाँढाफाया आयोजकको जिम्मा दिएको थियो ।