राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि धर्मोदय माविलार्ई

बैशाख ५,२०८०
ताँजकोट । हुम्लाको ताँजाकोट गाउँपालिका स्तरमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धर्मोदय मावि जीतेको छ । फिल्ड, ट्रयाक तथा भलिबल प्रतियोगितामा सबैभन्दा बढी पदक प्राप्त गरेर धर्मोदय मावि पहिलो भएको हो।
ताँजाकोट गाउँपालिकाका शिक्षा शाखाका प्रमुख जयप्रसाद ढकालका अनुसार प्रतियोगितामा धर्मोदय माविले ११ स्वर्ण, ५ रजत र ५ कास्य पदक प्राप्त गर्दै पहिलो भएको छ।
चन्द्रप्रकाश माविले सात स्वर्ण, १३ रजत र ३ कास्य पदक प्राप्त गर्दै दोस्रो तथा सात स्वर्ण ५ रजत, ९ कास्य पदक प्राप्त गरेर जनप्रकाश मावि तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्।
भलिवलमा छात्रतर्फ धर्मोदय पहिलो र चन्द्रप्रकाश मावि दोस्रो भएको छ भने छात्रातर्फ जनप्रकाश मावि पहिलो र मदानदेव दोस्रो भएको थियो। बेष्ट स्टाइकर छात्रतर्फ धर्मोदय माविका रमेश खड्का र छात्रातर्फ जनमाया खड्का छानिए। छात्रतर्फ मदानदेवका छक्क खड्का र छात्रातर्फ मदानदेवकै सुविता कार्की उत्कृष्ट खेलाडी बने।
त्यसैगरि, एथ्लेटिक्समा छात्रतर्फ धर्मोदयका धर्मराज निशा र छात्रातर्फ शर्मिला ढकाल उत्कृष्ट भए। ताँजाकोटमा चार वटा माविबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष लालकेशी जैशीले विजेता विद्यालय र पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।