सुत्करीले पाएनन् प्रोत्साहन भत्ता,गाउँपालिका भने वेवास्ता

बैशाख ४,२०८०
सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका सुत्केरीले महिलाहरुले पाउने पर्ने प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन । आर्थिक वर्ष २०७८÷७९ मा १सय ६५जना सुत्केरील प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ।
गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिला सुविधाबाट वञ्चित गराएको छ ।
अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू सुत्केरी भएको दुुई वर्ष पुग्नै लाग्दासमेत सुत्केरी महिलाले राज्यबाट पाउने भत्ता नपाएको गुनासो गरिन्। पटक–पटक स्वास्थ्य चौकीमा उक्त भत्ता माग्ना जाँदा निकासा नआएको जवाफ पाउने गरेको बताउँदै सुत्केरी महिलाहरूले अब त माग्नसमेत छोडेको जनाएका छन्।
स्वास्थ्य चौकीमा पटक–पटक माग्ना जाँदा निकास नआएको स्वय स्वास्थ्य चौकीका कर्मचारी पन्छाउने गरेको अदानचुली गाउँपालिका– १ की तारा महताराले बताईन् । उनि भन्छीन् “ आफू सुत्केरी भएको दुुई वर्ष पुग्नै लाग्दासमेत सुत्केरीले राज्यबाट पाउने भत्ता नपाएको गुनासो गरिन्।”
सुत्केरीले चार पटक गर्भ जाँच गरेको ४ सयका दरले १ हजार ६ सय र प्रसूतिगृहमा सुत्केरी भएबापत रु ३ हजार प्रोत्साहन भत्ता गरी रु ४ हजार ६ सय अहिले सम्म पाउन सकेका छैनन्।
श्रीनगर स्वास्थ्य चौकीका अनमी सुस्मिता फडेराले सबै सुत्केरीले पाउनुपर्ने भत्ता रु ७ लाख ५९ हजार छ। आफूहरूले भत्ता निकासाका लागि पटक–पटक गाउँपालिकालाई जानकारी गराए पनि निकासै नदिएको उनको भनाई छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले आफू साउनमा मात्रै आएका कारण त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताए। तीसभन्दा बढी सुत्केरी आमाले स्वास्थ्य चौकीमा आएर आन्दोलनसमेत गरे पनि गाउँपालिकाबाट भत्ता उपलब्ध हुन सकेको छैन। तर गाउँपालिका भने वेखबरमा बसिररहेको छ । गएको आर्थिक बर्षको बजेट गाउँपालिकामा आइसकेको र गाउँपालिकालाका कर्मचारी, जनप्रतिनिधिै बाटे मिलोमोतोमा भएको सुत्केरीमहिलाहरुले बताईन ।