नुन किन्न सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य

२०७९ चैत्र २५ शुक्रबार
सर्केगाड । हुम्लाको ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखाले ठेकेदार लोकेन्द्र साहीसङ मिलेर सर्केगाडमा पनि नुनको गोदामको व्यवस्था गरी बिक्री गर्न थालेपछि आयोडिनयुक्त नुन प्रयोगकर्ता पनि बढ्न थालेका हुन् ।
यसअघि उनिहरुले वर्षौदेखि ढिके नुनको प्रयोग गर्दै आएका थिए । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ढिके नुनको प्रयोग घट्दै गएको सर्केगाड गाउँपालिका–४ का बल थापाले बताए । ‘पहिला आयोडिनयुक्त नुन पाउँदैन थियो, अहिले सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि हामीले ढिके नुन खान छोड्दैछौँ’, उनले भने ।
‘हामिले ७ वडाहरुमा पालैपालो नुन वितरण गरिसकेको र १ नं. जैर वडालाइ सलिसल्लामा वितरण गर्ने’ वितरणकर्ता जितेन्द्र साहिले बताए।
जिल्लाका सातवटै स्थानीय तहका ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुन किन्न पाईन्छ । जसका कारण नुन किन्न सदरमुकाम लगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको स्थानीयवासी उनपानीका धर्मा फडेराले बताए ।
गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि ढिके नुनको प्रयोग घट्दै गएको छ । आयोडिनयुक्त नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो, लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै गएको सर्केगाड स्वास्थ्य सखा प्रमुख किरण बुढाथोकीले बताए