स्वास्थ्यमा खेलबाड नगरौं स्वास्थ्यल प्रमुख किरणको आग्रह

चैत्र १५,२०७९
सर्केगाड । हुम्लाको सर्केगाडगाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किरण बुढाले स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गर्नुभएको छ । पालिका स्वास्थ्य शाखाको आयोजना गरेको कोभिड –१९ विरुद्ध खोप अभियान तथा बुस्टर खोप सञ्चालन सम्बन्धि योजना तर्जुमा कार्यक्रमा सचालन गरेको थियो ।
कुनै पनि रोगलाई नलुकाउन आग्रह गर्दै स्वास्थ्य शाखा प्रमुख बुढाले समयमै उपचार गर्न सुझाब दिनुभयो । आर्थिक लगानी बिनै पनि स्वास्थ्यलाई स्वस्थ राख्न सकिने भन्दै उहाँले दैनिकी आधारभुत व्यवहारलाई सुधार्नु पर्नेमा जोड दिनुभयो ।
अब चाडैं पालिका खोप मुक्त कार्यक्रम गर्दैछौँ,त्यसकारण सबैको सहयोगको आपेक्षा राखेको र स्वास्थकर्मी बिच भाइचाराको सम्बन्ध हुन जरुरी रहेको स्वास्थ्य शाखा प्रमुख बुढालले बताए ।
उक्त कार्यक्रम पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, आठै वडा अध्यक्ष र स्वास्थ संयोजकहरु बिच करिब ३ घन्टा लामो छलफल गरेको थियोल। । सो कार्यक्रममा स्वास्थ संयोजकहरुले आ–आफ्नो समस्या र प्रगति विवरण पेश गरेका छन् ।
पालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)ले स्वास्थ्यमा गरिने लगानी खेर नजाने बताउनुभयो । स्वास्थ्य नै अमूल्य सम्पत्ती भएको बताउनुभयो । उहाँले भन्नु भयो स्वास्थकर्मीले कतै हेलचेक्र्याइ गरेमा, काम नगरे माम खान नपाइने कुरा सुझाव दिए ।
सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाय अनुसार विभिन्न स्वास्थ निकायाको इन्डिकेटरको अध्ययन गर्दा हामी तल रहेकाछौं । उनले पुन थपे ¥यङम तल छौं भन्दैमा हामी कमजोर छैनौं मात्र सकारात्मक सोचको जरुरत छ। अब सबै लागेर निरन्तत्ता दिनु पर्ने आग्राह गरे ।
प्रमुख प्रशासकिय अधिकृत नर रावतले आफू भलो त जगत भलोको उखान वाचन गरे र अध्यक्षको कुराम सहमत जनाउँदै सर्केगाड गाउँपालिका ठिक छ भन्ने सोचको बिचार राख्न अनुरोध गरे।स्वस्थ भए मात्रै पारिवारीक र सामाजिक विकास सम्भब हुने भएकाले स्वास्थ्यमा पालिकाले लगानी गरेको बताए ।
कार्यक्रमको अन्त्यमा नव नियुक्ति लिएर आउने स्थाई स्वास्थकर्मी मनिता यादव, रागिनी कुमारी यादव अयब र सरिता बुढा अनमी गरि तीन जनालाई खादा र टीका लगाइ स्वागत गरिएको छ।